राष्ट्र निर्माण दल नेपालको जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम
जयकृष्ण यादव । इनरुव
इनरुवा, माघ ३ गते । राष्ट्र निर्माण दल नेपालको आयोजनामा सुनसरीको इनरुवामा जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रम समपन्न भएको छ । उत्साहजनक नागरिकहरुको सहभागितामा कार्यक्रम सम्पन्न भएको दलले जनाएको छ । सम्पन्न भएको कार्यक्रममा सम्बोधन गर्नुहुदै दलका अध्यक्ष समिम अंसारीले जनताको हित र देशको विकासलाई प्राथमिकतामा राखेर देशको ठूलो पार्टी बनाउने गरि आफूहरुको संगठन विस्तार तिव्र रुपमा अगाडि बढेको बताउनुभएको छ । सुनसरीको इनरुवामा जिल्ला स्तरीय प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्नुहुदै अंसारीले सबैको सम्मान, सबैको पहिचान, राष्टिय स्वाधीनता र राष्ट निर्माण मुल नाराका साथ राष्ट्र निर्माण दल नेपालको स्थापना भएको बताउनुभएको छ ।
सनिबार कार्यक्रममा अन्सारीले सुधारिएको संसदीय व्यवस्था, संघीयता, धर्मनिरपेक्षता, पूर्ण समानुपातिक समावेशी व्यवस्थालाई आत्मसात गर्दै र यसको पक्षमा दृढदापुर्वक लाग्ने बताउनुभयो ।
उहाँले कयौं पार्टीका बीचमा राष्ट्र निर्माण दल नेपालको स्थापनाको आवश्यकता र औचित्यबारे बोल्नुहुदै मतदाताहरुलाई भोट फेर्न आग्रह गर्नुभयो । अन्सारीले दलले हिमाल , पहाड र तराई–मधेशको समान प्रतिनिधित्व गराउने र सबैलाई न्याय हुने गरी काम गर्ने बताउनुभयो । उहाँले सबै नेपाली समुदायलाई राष्ट्र निर्माण दल नेपालको अभियानमा जुट्न आग्रह गर्नुभयो ।
गोलो घेराभित्र पानीको बोतल चुनाव चिह्न लिएर राष्ट्र निर्माण दल नेपाल चुनावमा होमिएको समेत उहाँले बताउनुभयो । अध्यक्ष अन्सारीले व्यक्तिगत स्वार्थ वा फाइदाका लागि पार्टी गठन नगरिएको स्पष्ट पार्दै सबै समुदायलाई समेटेर राष्ट्र निर्माण गर्ने पार्टीको लक्ष्य रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “राष्ट्र निमार्ण दल नेपाल कुनै एकल जातीय पार्टी होइन । यस पार्टीले सबै भूगोल र समूदायको आवाज बोल्ने छ ।”
अन्तर्राष्ट्रिय सम्बन्ध सबैसँग मित्रवत व्यवहार कायम राख्ने र विशेषगरी दुई छिमेकी राष्ट्र चिन र भारतसँगको सम्बन्धलाई थप मजबुत बनाउने अध्यक्ष अन्सारीको भनाइ छ ।कार्यक्रममा संविधानसभा सदस्य एवम् पूर्वराज्यमन्त्री तथा पार्टीका महासचिव मोहम्मद जाकिर हुसैनले ८० प्रतिसत बढी रहेको हिन्दु धर्म र संस्कृतिलाई नेपालको मौलिकताको उच्च सम्मान गर्दै पहिचान सहितको बैचारिक पक्ष रहेको बताउनुभयो । उहाँले विगतमा भएको कमिकम्जोरीहरु, तिक्ता, आरोपप्रत्यारोप त्याएर सबै हातेमालो गर्दै राष्टिय मेलमिलापको साथ राष्ट निर्माणमा लाग्नुपर्ने पक्षमा रहेको बताउनुयो । सुगौली सन्धीको नक्सा र देशको संस्थागत विकास गर्दै अगाडि बढ्ने, पीडित र शोषितहरुलाई राज्यको मुलधारमा ल्याउन २०।३० वर्षसम्म आरक्षणको व्यवस्था गर्न समेत दलले आफ्नो एजेण्डाको रुपमा राखेको बताउनुभयो । उहाँले दलका अध्यक्ष अंसारी हुदैमा मुस्लिमको पार्टी भन्न नमिल्ने र पार्टीलाई जातीय रंग नदिन समेत आग्रह गर्नुभयो ।
उम्मेदबारीमा समानुपातिक प्रतिनिधित्व हुनुपर्ने र संघीयको ३० प्रतिशत बजेट खर्च घटाउन तर्फ लाग्ने दलको उदेश्य रहेको बताउनुभयो । साझा बहुलवाद, समावेशी लोकतन्त्र, गणतन्त्र, अरु संघीयता (६०% खर्च कटौतिसहितको मोडल ४०% सांसद सिट खारेज) उम्मेदवारीमा पूर्ण समानुपातिक प्रत्यक्ष निर्वाचन प्रणाली, रोटेशनमा सबै पहिचानका कलष्टरका लागि निर्वाचन क्षेत्र निर्धारण गर्नुपर्ने पक्षमा रहेको बताउनुभयो ।
कार्यक्रममा संविधानसभा सदस्य एवम् पूर्वराज्यमन्त्री तथा पार्टीका महासचिव मोहम्मद जाकिर हुसैन, अथिति पार्टी सचिव गुरुदेव राम, अकबर खान लगायत विभिन्न जिल्लाका नेता, कार्यकर्ताको सहभागिता रहेको पार्टीका जिल्ला अध्यक्ष सौकत अलिले जानकारी दिनुभयो । पार्टीका सचिव गुरुदेव रामले आफुहरुको पार्टीको नारा नै सबैको सम्मान– सबैको पहिचानः राष्ट्रिय स्वाधीनता राष्ट्र निर्माण रहेकाले कोही कसैलाई विभेद विना अवसर दिने पार्टी राष्ट्र निर्माण दल नेपाल भएको बताउनुभयो । उहाँले आफूहरुको मुख्य एजेण्डाहरूमा
राष्ट्रिय मेलमिलाप, सबैको सम्मान ः सबैको पहिचान, राष्ट्रिय स्वाधीनता, हरेक दलले पालिका प्रमुख र अध्यक्षमा ५० प्रतिशत उम्मेदवार महिलालाई नै उठाउन पर्ने बाध्यकारी व्यवस्था ,नेपाली मौलिकतामा आधारित समाजवाद, कुनै पनि व्यक्ति बढीमा दुईपटक प्रधानमन्त्री र चारपटक मन्त्री बन्न पाउनपर्ने बाध्यकारी व्यवस्था, नेपाली मौलिकतामा आधारित पूर्ण धार्मिक, स्वतन्त्रता सहितको धर्मनिरपेक्षता, हिन्दू लगायत सबै धर्मको राष्ट्रिय पहिचान, धार्मिक सहिष्णुता र सामाजिक सद्भाव, सुशासन र भ्रष्टाचार नियन्त्रण, छिटो छरितो प्रशासनिक सेवा, सामाजिक न्याय र ऐतिहासिक क्षतिपुर्ति, शिक्षा, स्वास्थ्य र रोजगारी, सविधानको कार्यान्वयन, विदेशबाट मतदानको व्यवस्था, सन्तुलित परराष्ट्र नीति, राष्ट्र निर्माणमुखी आर्थिक नीति, स्व–उत्पादन र श्रम संस्कृतिको विकास रहेको बताउनुभयो । उहाँले नयाँ पार्टी भएकाले चुनाव चिन्ह पानीको बोतल भएकाले सबैलाई मतदानका लागि समेत अपिल गर्नुभयो ।



१, सुनसरीको इनरुवमा सम्पन्न भएको राष्ट्र निर्माण दल नेपालको प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रमका सहभागिहरु
तस्विर ः जयकृष्ण यादव । इनरुवा
