सुनसरीको इनरुवामा तीन दशकदेखी निष्पक्ष पत्रकारिता गर्दै आउनुभएको पत्रकार इकवाल अहमद फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदबारी दिने तयारी गर्नुभएको छ । पन्छिलो समय देशमा असल नेतृत्व र नेताको अभाव खडकिएको बेला पत्रकार इकवाल अहमद प्रतिनिधि सभा सदस्यको उम्मेदबारी दिने तयारी गर्नुभएको हो ।
सत्य संसारले अहमदलाई पत्रकारिता छाडेर उम्मेदबार बन्न लाग्नुभएको जिज्ञासामा उहाँले देशको अवस्था र क्षेत्रको माग अनुसार आफू स्वतन्त्र रुपमा फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा निर्वाचनको लागि उम्मेदबारी दिने तयारी गरेको प्रतिकृया दिनुभएको छ ।


एता पत्रकार शशी कोईरालाले आफ्नो फेसबुकमा पोष्ट गर्दै भन्नुभएकोछ, “जेनजी आन्दोलनको भावना फेरी ज्ञानेंद्र कार्की, विजय गच्छदार, भिम आचार्य, जगदिश कुसियत, भगवती चौधरी, राजीब कोइराला, सिताराम मेहता, लाल विक्रम थापा कै उम्मेदवारी हो ?” “ पुरानाको विरुद्ध नयाँको भावना होइन र ? यदि हो भने अब विकल्प कहिले खोज्ने फागुण २१ आउँदैछ । जिन्दगी भर वेथिति विसंगती अराजकता असमानता विरुद्ध कलम चलाए अब यो अन्त्यका लागी अगाडी बनाऔ , सुनसरीको पत्रकारितामा अविरल ३० बर्ष विताएका इकवाल अहमद जो सधै यो क्षेत्रका शोषित पीडितका आवाज बने अब उनको पक्षमा आवाज उठाउने तपाई सुनसरी २ का नागरिक हरुको पालो । “यसपटक नगरे तोडिदैन दासताको जञ्जिर जय नेपाल जय देश जय जनता”