सिर्जनामा इनरुवाको ४६ औ श्रृङ्खला सम्पन्न
सुनसरीको इनरुवामा सिर्जनामा इनरुवाले रचनावाचनको ४६ औ श्रृङ्खला सम्पन्न गरेको छ । विगत चार वर्षदेखी निरन्तर रुपमा गर्दै आएको साहित्य कार्यक्रम अन्तरगत सिर्जनामा इनरुवाले रचनावाचनको ४६ औ श्रृङ्खला सम्पन्न गरेको हो । शनिबार संस्थाका अध्यक्ष लिलानाथ सिलवालको अध्यक्षता र जीवनाथ पोखरेल पन्छीको प्रमुख आतिथ्यतामा सिर्जनामा इनरुवाले रचनावाचनको ४६ औ श्रृङ्खला सम्पन्न गरेको हो । सम्पन्न भएको उक्त श्रृङ्खलामा गद्द कविता ,पद्द कविता, मुक्तक, गजल, गीत तथा लघुकथाहरु साहित्यकाहरुले वाचन गर्नुभएका थियो । महिनाको पहिलो शनिबार हुने सो कार्यक्रममा विशिष्ट अतिथि कुमार श्रेष्ठ, भरत गुरागाईं बर्बरिक, हरि कट्टेल हुनुहुन्थ्यो । स्वागत मन्तव्य राधा सुवेदीले राख्नु भएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका सदस्य विष्णु दाहालले गर्नुभएको थियो ।
संस्थाका सचिव रमेन्द्र कोइरालाले संस्थाको गतिविधिको बारेमा मन्त्वय व्यक्त गर्दै रचना वाचन गर्नुभएका थियो । कार्यक्रममा साहित्यकारहरू द्वारिका प्रसाद पोख्रेल, भुपाल अधिकारी, टंक भेटवाल, ऋषिराज तिवारी, चिरंजीवी काफ्ले, पुण्यप्रसाद चौलागाई ,रमेश निरौला, यशोदा आचार्य ,राधा सुवेदी ,युवराज दाहाल ,कविराज घिमिरे ,अर्जुन दाहाल ओखलढुङ्गे ,प्रदिप कोइराला ,सक्षम यादव ,जेनिस देव, सुभाष दाहाल सहितल रचना वाचन गर्नुभएका थियो । कार्यक्रममा इनरुवा, इटहरी, विराटनगर ,रङ्गेली, पथरी, बेलबारी, झोराहाटबाट दुई दर्जनभन्दा बढी साहित्यकारहरूको उपस्थिति भएको थियो । कार्यक्रममा नोबेल साकोस कोशी प्रदेश विराटनगर, इटहरी साहित्य समूह ,जनजागरण पुस्तकालय, विराटनगर छन्द वाटिका मोरङ, विराटनगर, कोशी कला साहित्य प्रतिष्ठान बेलबारी, रंगेली कला साहित्य प्रतिष्ठानबाट प्रतिनिधित्व भएको थियो । कार्यक्रममा कुमार श्रेष्ठ र पुण्यप्रसाद चौलागाईंले आजीवन सदस्यको रकम समेत बुझाउनुभएको संस्थाले जनाएको छ ।
