देवानगञ्ज गाउँपालिका वडा नम्बर ७ मा आज देखि पशुपन्छी उपचार सेवा केन्द्र संचालनमा आएको छ ।
नेपाली काग्रेंसको गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष रहेको वेला सोहि ठाउँमा रहेको पशु सेवा केन्द्र सारिएको थियो । उक्त सेवा केन्द्र त्यहाँबाट सारिदाँ स्थानियहरू साति हुने गरेको गुनासोको मध्यनजर गरि देवानगञ्ज गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताको पहलमा सेवा कार्यलायकोे एक कार्यक्रम गरि उद्घाटन गरिएको छ ।
यश वडा अरू वडा भन्दा बढी पशुपालक किसानहरू रहेको छ। सेवा केन्द्र पुनःह संचालनमा आए पछि स्थानीय बासिहरू खुशि भएका छन् ।


गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताका अनुसार बिस्तारै यो सेवा केन्द्रबाट व्यवस्थित र सहज रूपमा सेवा संचालन हुने बताउनु भयो मेहताले भन्नू भयो कि किसानहरूको सहज पहुचको लागि यहँबाट सारिएको पशु सेवा केन्द्र पुनःह संचालनमा ल्याएको जानकारी दिनु भयो ।
यता किसानहरू समेत गाउँपालिका अध्यक्षको यो कामको प्रशंसा गर्नु भएको छ । स्थानीय सुवोध यादवले भन्नू भयो नेपाली काग्रेंसको वडा अध्यक्ष र गाउँपालिका अध्यक्ष भएको बेला एकएक यो सेवा केन्द्र सारीनु भनेको स्थानि जनताको मुखमा जुता मार्नु सरह भएको बताउनु भयो यादवले अहिलेको गाउँपालिका अध्यक्षले सेवा केन्द्र पुनह सुरूवात गर्नु भएको धन्यवाद व्यत्त गर्नु भयो । कार्यक्रममा स्थानियहरूको सहभागीता रहेको थियो ।