जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ ४ गते । सुनसरीको इनरुवा नगरपालिका ९ र १० मा इनरुवा कौवाखोच सडकमा थप मर्मत र दैनिक पानी छर्ने काम गर्ने इनरुवा नगर प्रमुख केदार भण्डारीले बताउनुभएको छ । सीमावर्ती क्षेत्रलाई सदमुकामसम्म जोड्ने इनरुवा–कौवाखोच सडक निर्माण गर्न दशकदेखी दबाब दिदा समेत सुनुवाई भएको भन्दै त्यसका लागि इनरुवा ९ बबिया पोखरी चौकमा भएको कार्यक्रममा सम्बोधन गर्नुहुदै नगर प्रमुख केदार भण्डारीले सो कुरा बताउनुभएको हो । नगर प्रमुख भण्डारी भन्नभयो, “ विकास मेरो प्राथमिकतामा छ, जनताको साथमा काम गर्न आएको छु । इनरुवा ९ बबिया र १० जल्पापुर सडकमा मर्मतका लागि आवश्यक ग्राबेल र दैनिक पानी छर्न बबिया मै पानी ट्याँकी भएको ट्याकटर राखिदिएको छु ।”


इनरुवा ९ बबियाको बीपी चौकदेखी इनरुवा १० जल्पापुरसम्मको करिब ६ किलोमिटर सडकमा निर्माणको काम समयमा सम्पन्न भएको भन्दै ठेक्का रद भएपछि केही काम गर्न पाएको भण्डारीले बताउनुभएको छ । विगतमा संघीय सरकारको सडक ठेक्का लागेकोमा काम गर्न बाधा रहेकाले मर्मत र पानी छर्न समेत समस्या भएकोमा एक महिना यता नगरपालिकाले आवश्यक ग्राबेल र दैनिक पानी छर्ने काम गरिरहेको भएपनि स्थानीयहरुले माग गरे अनुसार बबिया मै पानी ट्याँकी भएको ट्याकटर राखिदिने बताउनुभएको छ ।


यता बाटो निर्माण संर्घष समितिका संयोजक ऐयुव मियाँले आफूहरु एक महिना अघि सुरु गरेको आन्दोलन हालसम्म जारी रहेको बताउनुभएको छ । आफूहरुले आन्दोलन राहरले नभई बाध्य भएर गरेको र केही सहभागीहरुले नाराबाजी गरेकोमा नगर प्रमुखले सार्थक प्रतिकृया र प्रतिवद्धता जनाएकाले काम हुने आशा पलाएको बताउनुभयो ।
विहान केही बेर इनरुवा नगरको प्रमुख केदार भण्डारी विरूद्धमा नाराबाजी भएको थियो ।
सुनसरीको इनरुवा–कौवाखोच सडक निर्माण गर्न दबाबका लागि इनरुवा ९ बबिया पोखरी चौकबाट एक महिना अघि सुरु गरेको आन्दोलनको दोस्रो चरणमा मर्मतको काम सन्तोषजनक नभएको भन्दै आक्रोषित आन्दोलनरत सहभागी र सरोकारवालाहरुले प्रमुख विरूद्ध नाराबाजी गरेको थियो ।