प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी र एमालेले सुनसरीका सबै क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाए
प्रतिनिधि सभा निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टीले सुनसरीका सबै क्षेत्रका लागि उम्मेदवारको टुङ्गो लगाएको छ ।

सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ का लागि सुर्य भट्टराइ (मनोज)लाइ उम्मेदवार बनाउने भएको छ।

सूर्य भट्टराईलाई १ नम्बरमा उम्मेदवार बनाउने निर्णय गर्दा सुनसरी २ निर्वाचन क्षेत्र २ मा रामकुमारी चौधरी ( रोजिना),

क्षेत्र नम्बर ३ मा केशब कुमार बिष्ट र सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा महफुज अन्सारीलाई उम्मेदवार बनाउने भएको छ। सुनसरी २ बाट उम्मेदबारीको लागि पुर्व नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभा सदस्य, दलको सचेतक, पूर्व कृषिराज्य मन्त्री , पार्टी केन्द्रीय सदस्य, पटक पटक जिल्लाको नेतृत्व, इन्चार्ज, युबा नेतृ हुनुहुन्छ ।

पार्टीको सुनसरीका ४ वटै निर्वाचन क्षेत्रका उम्मेदवार फाइनल गरेको जनाएको हो । उता सुनसरीमा नेकपा एमालेले उम्मेदवार नसम टुंगो लगाएको छ। चारवटै क्षेत्र प्रतिनिधि सभा निर्वाचनमा नेकपा एमालेले उम्मेदवारको टुङ्गो लगाएको छ ।

सुनसरी १ का लागि टीकाराम माङ्लेनलाई उम्मेदवार बनाउने निर्णय गदै सुनसरीका ४ वटै निर्वाचन क्षेत्रका उम्मेदवार फाइनल गरेको हो । एमालेले सुनसरी २ बाट रेवती रमण भण्डारी र ४ बाट जगदीश कुसियैतको नाम टुङ्गो लगाएसँगै सबै क्षेत्रबाट उम्मेदवारको नाम फाइनल भएको छ । सुनसरी ३ बाट भगवती चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । दुई बाट नाम फाइनल भएका भण्डारी भने हाल प्रदेश कोशी प्रदेश सभा सदस्य हुन् ।
यसअघि उनी कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री समेत भएका थिए ।
संविधानसभा समेत रहेका भण्डारी लामो समय एमाले सुनसरीको नेतृत्वमा रहँदै आएका छन् । सुनसरी ३ बाट उम्मेदवार बन्न लागेकी चौधरी २०७९को निर्वाचन सोही क्षेत्रबाट विजयी भएकी थिइन् ।उनी पूर्वमन्त्री समेत हुन् ।
सुनसरी ४ बाट उम्मेदवार बन्न लागेका कुसियैत यस एमाले केन्द्रीय सदस्य तथा सुनसरी इन्चार्ज हुन् । अघिल्लो निर्वाचनमा उनी सोही क्षेत्रबाट झिनो मतान्तरले पराजित भएका थिए ।
