जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ ६ गते । अगामि फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कम्युनिष्ट पार्टी सुनसरीले यहाँ सबै चारवटै निर्वाचन क्षेत्रमा मंगलबार दिउसो २ बजे उम्मेदवारको मनोनय दर्ता गराउने जनाएको छ । पार्टीले सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ का लागि सुर्य भट्टराई (मनोज)लाई उम्मेदवार बनाएको छ ।

सूर्य भट्टराईलाई १ नम्बरमा उम्मेदवार बनाउने निर्णय गर्दा सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा रामकुमारी चौधरी ( रोजिना), क्षेत्र नम्बर ३ मा दुर्गेश कुमार चौधरी र सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा महफुज अन्सारीलाई उम्मेदवार बनाएकाले सबैको मनोनय दिउसो २ बजे गर्ने भएको छ । सुनसरी २ बाट उम्मेदबारीको लागि पुर्व नेकपा माओवादी केन्द्रको तर्फबाट प्रतिनिधि सभा सदस्य, दलको सचेतक, पूर्व कृषिराज्य मन्त्री, पार्टी केन्द्रीय सदस्य, पटक पटक जिल्लाको नेतृत्व, इन्चार्ज, युबा नेतृ हुनुहुन्छ ।