नेपाली काग्रेंसले उम्मेदवारको मनोनय दर्ता गराउदै
जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ ६ गते । प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली काग्रेंस सुनसरीले यहाँ सबै चारवटै निर्वाचन क्षेत्रमा मंगलबार दिउसो १ बजे उम्मेदवारको मनोनय दर्ता गराउने जनाएको छ । पार्टीले सुनसरीको निर्वाचन क्षेत्र नम्बर १ का लागि सुजेन्द्र तामागंलाई उम्मेदवार बनाएको छ । सूजेन्द्रलाई १ नम्बरमा उम्मेदवार बनाउदाँ सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा राजीव कोईराला, क्षेत्र नम्बर ३ मा वेदनारायण गच्छदार र सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ मा ज्ञानेन्द्र बहादुर कार्कीलाई उम्मेदवार बनाएकाले सबैको मनोनय दर्ता दिउसो १ बजे गर्ने भएको छ ।




सुनसरी २ बाट उम्मेदबार कोईराला नेपाली काग्रेंसको सुनसरीको दुई कार्यकाल सभापती , प्रदेशको संसदीय दलका नेता र हाल केन्द्रिय सदस्य रहनुभएको छ । सुनसरी ३ बाट उम्मेदबार गच्छदार निवर्तमान दुहवी नगरपालिकाको दुई कार्यकाल मेयर, युवा नेता र हाल पार्टीमा सकृय रहनुभएको छ ।
सुनसरी ४ बाट उम्मेदबार कार्की नेपाली काग्रेंसको पूर्व केन्द्रिय सदस्य, सुनसरीको क्षेत्र ४ बाट दुई कार्यकाल प्रतिनिधि सभा सदस्य भई, पूर्व अर्थमन्त्री , सूचना तथा सञ्चार मन्त्री रहनुभएको छ ।
