इनरुवा, माघ ७ गते । सुनसरीको इटहरीमा मानव अधिकार तथा शान्ति समाज जिल्ला शाखाको आयोजनामा शत्रुताविहीन आचरण, मित्रवत प्रतिस्पर्धा र घोषित समयमै निर्वाचन अपरिहार्य आवश्यकता विषयक नागरिक संवाद कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रमका वत्ताहरुले परिर्वतनका लागि आन्दोलन भएकाले समयमा नै स्वच्छ, निष्पक्ष र भयरहित वतावरणमा निर्वाचन सम्पन्न हुनुपर्नेमा जोड दिएका छन् । नागरिक समाज अगुवा जगदीश ओलीले देशमा परिवर्तन, विकास, सुशासन र सदाचारका लागि निर्वाचनलाई समयमा सार्थक पार्नुपर्ने बताउनुभयो ।
नेपाली काग्रेंसका प्रतिनिधि सुवेक्छुक देवान राईले विकास, सुशासन नभएसम्म नागरिकहरु सन्तुष्ट हुन नसक्ने भएकाले त्यस तर्फ सबैको ध्यान जान जरुरी रहेको बताउनुभयो ।
शिक्षाका अगुवा तथा नेकपा एमालेका प्रतिनिधि काशीनाथ दंगालले देशभर नै मानव अधिकार तथा शान्ति समाजको आयोजनामा भएको यस प्रकारको कार्यक्रमले सही सन्देश प्रवाह गरेको बताउनुभयो । उहाँले निर्वाचनले सहि मार्ग निर्देश गर्ने समेत बताउनुभयो । आयोजक संस्थाका संस्थापक सभापती कृष्ण पहाडीको प्रमुख अथित्यता र जिल्ला सभापति रोमण राज कार्कीको सभापतित्वमा नागरिक सम्बाद कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा मानव अधिकार तथा शान्ति समाजको प्रमुख वक्ता समाजका संस्थापक सभापति कृष्ण पहाडीले देशको विगतको परिर्वतनका आन्दोलनमा उठेका एजेण्डालाई सत्तामा पुग्नेहरुले सम्बोधन नगरेको कारणले अहिलेको जेन्जी आन्दोलनसम्मको अवस्था आएकाले सबै सुर्धिन जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्त्वय कार्यक्रम संयोजक युवा ओम गौतमले राख्नुभएको थियो । गौतमले विकास विनाको सामाजिक न्याय अनुभुती गर्न नसक्ने भएकाले निर्वाचनमा सबैले मित्रवत प्रतिस्पर्धा गर्न आवश्कय भएको बताउनुभयो ।
संस्था सभापति रेनुका पौडेलले निर्वाचनलाई शत्रुताबिहिन आचारण, मित्रवत प्रतिस्पर्धा र घोषित समयमै गर्ने गरी दवाव सृजनाका लागि कार्यक्रम गरेको बताउनुभयो ।
लोककवि अर्जुन पराजुलीले देखिने र अनुभुती गर्ने गरि काम नभएकाले देशमा पटकपटक आन्दोलन भएको बताउनुहुदै सुधारको खाचो रहेको बताउनुभयो ।
त्यसैगरी समाजका महासचिव प्रकाश शाही, लक्ष्मी नारायण मिश्र, राम्र प्रसाद जोशी, प्रकाश साही, नम्रता खरेल, कवि मनिमन्जिल, सुवेच्छुक देवान, अधिकारकर्मी जयकृष्ण यादव, प्रध्यापक वोधराज नेपाल, वलराम पन्त सहित दर्जन बढी वत्ताहरुले निर्वाचन र स्वच्छ निर्वाचन तथा सद्भाव प्रबद्र्धन बारेमा मन्त्वय राखेका थिए ।
यसैबीच इटहरीका स्थानीयबासी, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिकर्मी , अधिकारकर्मी, विधार्थीहरु लगायतको सहभागीतामा सद्भाव प्रबद्र्धन तथा हिंसा र घृणा खारेजीका लागि प्रदर्शन ¥याली समेत आयोजना गरिएको समाजका सचिव तथा कार्यक्रम संयोजक ओम गौतमले बताउनुभयो । समाज मानव अधिकार, शान्ति, लोकतन्त्र, अहिंसा, सद्भाव र सहिष्णुताको प्रवद्र्धनका क्षेत्रमा निरन्तर क्रियाशील रहेको जनाएको छ ।



१, शत्रुताबिहिन आचारण, मित्रवत प्रतिस्पर्धा र घोषित समयमै निर्वाचन अपरिहार्य आवस्यकता सम्बन्धी अन्तरक्रियामा मानव अधिकार तथा शान्ति समाजका कृष्ण पहाडीले सम्बोधन गर्नुहुदै ।


र सहभागिहरु
तस्वीर ः जयकृष्ण यादव । इनरुवा