नेत्रहिन क्रिकेट संघ नेपालको आयोजनामा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । संघको अन्तरक्रियात्मक कार्यक्रम तथा अपाङ्गता खेलकुद विकासमा सरोकारवालाको भूमिका विषयक कार्यक्रम सम्पन्न भएको आयोजक नेत्रहीन क्रिक्रेट संघ नेपालले जनाएको छ । बुधबार सम्पन्न भएको कार्यक्रममा इनरुवा नगरपालिका महिला , बालबालिका तथा जेष्ठनागरिक शाखाका दिपा दाहालले नगरपालिका अपंगताको पक्षमा काम गर्दै आएको बताउनुभयो । उहाँले स्रोत साधनले भ्याएसम्म अपाङ्गताको उत्थान र खेलकुद विकासमा भूमिका निर्वाह गरेको बताउनुभयो । कार्यक्रम संघको आयोजना र कोशी नेत्रहिन क्रिक्रेट संघ इनरुवा–१. सनसरीको स्थानीय व्यबस्थापनमा सम्पन्न भएको संघका बैजनाथ मेहताले जानकारी दिनुभयो । नेत्रहीन क्रिक्रेट संघ नेघाल मिनभवन ललितपुरमा रहेको र यसले देशभरका दृष्टिविहिनको पक्षमा काम गर्दै आएको संघका महासचिव अमृत बरालले बताउनुभयो ।