सुनसरी
२०८२, माघ ८ गते । निर्वाचन आचारसंहिता विपरीत कोशी प्रदेशका उधोग कृषि तथा सहकारी मन्त्री हाजि इसराइल मन्सुरीले माघ ६ गते नेपाली काग्रेसको उम्मेदवारको मनोनयन दत्र्ता गराउने क्रममा सहभागी हुनुभएको छ ।
मंसुरीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको विषयमा सामाजिक संजालमा सबारी र तस्बिर बाहिर आएको छ । नेपाली काग्रेसको नेता एवम् पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सुनसरी निर्वाचन क्षेत्र नम्वर ४ बाट प्रतिनिधिसभा सदस्यका लागि माघ ६ गते उम्मेदवारी मनोनयन दर्ता गर्ने क्रममा मन्त्री मन्सुरी पनि सहभागी भएको भन्दै स्थानीयले सामाजिक सञ्जालमा कार्वाही गर्न माग गरेको हो ।
निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड (क) अनुसार प्रदेश सरकारका मुख्यमन्त्री वा मन्त्रीहरू निर्वाचन प्रचारप्रसार वा मनोनयनजस्ता प्रक्रियामा सहभागी हुन नपाउने व्यवस्था रहेको छ ।
प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारको मनोनयन प्रक्रियामा प्रदेश सरकारका मन्त्री सहभागी हुने कार्यले निर्वाचन आचारसंहिता, २०८२ को दफा ५ को खण्ड ९(क) को उल्लङ्घन हुने देखिएकोले कार्वाही गर्नुपर्ने स्थानीय शिवनारायण पंडितले माग गरेको छ ।
गरेको अनुगमनका क्रममा समेत कोशी प्रदेशका उधोग कृषि तथा वतावरण मन्त्री हाजि इसराइल मन्सुरीले माघ ६ गते नेपाली काग्रेसको उम्मेदवारको मनोनयन दत्र्ता गराउने क्रममा सहभागी हुनु प्रदेश १.०४.००१ झ ००२४ नम्बरको सरकारी प्लेट गाडी प्रयोग गर्नुभएको पाइएको थियो ।

१, कोशी प्रदेशका उधोग कृषि तथा वतावरण मन्त्री हाजि इसराइल मन्सुरीले माघ ६ गते नेपाली काग्रेसको उम्मेदवारको मनोनयन दत्र्ता गराउने क्रममा सहभागी हुनु प्रदेश १.०४.००१ झ ००२४ नम्बरको सरकारी प्लेट गाडी ।


२, कोशी प्रदेशका उधोग कृषि तथा वतावरण मन्त्री हाजि इसराइल मन्सुरी मनोनयन दर्ता गर्ने क्रममा नेपाली काग्रेसको नेता एवम् पूर्व अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीसंग निर्वाचन अधिकृतको कार्यालयमा ।