दाईजोमा मागेजति सामग्री नदिदाँ छोरीको हत्या भएको दाबी
सुनसरी
२०८२, माघ ९ गते । सुनसरीको भोक्राहा नरसीह गाउँपालिका वडा नंम्बर २ का ५० वर्षीय अजमल अंसारीले आफ्नो छोरी २४ वर्षीया रुवी खातुनलाई विवाहमा मागेजति दाईजोका सामग्रीहरु नदिदाँ सासु र ससुरा मिलेर हत्या गरेको दावी गर्नुभएको छ । अंसारीले आफ्नो छोरीको ससुरा भोक्राहा नरसींह गाउँपालिका वडा नं ४ का ५५ वर्षीय दाउद मियाँ र सासु सगोल बस्ने ५० वर्षीया जलेशा खातुनले ज्वाई विदेशमा रहेको मौकामा हत्या गरेको दाबी गर्नुभएको छ ।

माघ ९ गते पीडित पक्षले पत्रकार सम्मेलन गरि दिएको जानकारी अनुसार छोरीको हत्या गरेर झुण्डयाएकोमा आत्महत्या भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले उजुरी समेत लिन नमानेको दावी गरिएको छ । माघ ३ गते छोरीको हत्या गरेको घटना बाहिर नभन्नका लागि नातीलाई १२० रुपियाँको प्रलोभन दिएको समेत खुलेको मृतकका बुवा अंसारीले बताउनुभयो । पत्रकार सम्मेलनमा मृतक रुवि खातुनका पाँच वर्षीय छोरा सुफियान अन्सारीले आफू र बैहनी २ वर्षिया आसिनालाई १२० रुपियाँको प्रलोभन दिएर यो मारेको घटना कसैलाई नभन्न भनेको बताउनुभयो ।

मृतकका आफ्न्तहरुले दाईजोमा मागेको महंगो मोटरसाईकल र पाँच कट्ठा जग्गा नदिएको न्युहमा हत्या गरेको दावी गर्दै न्यायको माग गरेका छन् । पीडित परीवारका सदस्यले सुनसरीको भोक्राहा नरसींह ४ स्थित आफ्नै पतिको घरमा माघ ३ गते विहान ५ बजेको समयमा झुण्डिएको अवस्थामा छोरी रुवी खातुनको शव फेला परेको बताएका छन् । रुविको विवाह भोक्राहा नरसींह ४ का अबुल हसन मियाँसँग भएकोमा २ वटा सन्तानहरु १ छोरा वर्ष ५ को र १ छोरी काखमा २ वर्षकी रहेकी छन् ।
अंसारीले भन्नुभयो, “बारम्बार मेरी छोरीलाई दुख दिने कुटपिट गर्ने खानलाउन पनि नदिने गर्दै आएका, दाईजोमा गाडी किन नल्याएको र जग्गा खोई ल्याएको भन्दै यातना दिएकोमा त्यसमा बारम्बार पन्चायति र छलफल गर्दै आएको र समाधान हुँदै आएकोमा अस्ति एकाएक हत्या भएको हो । ”

विदेशमा रहेका ज्वाई र मृतक छोरी रुवी खातुनका बीचमा राम्रो कुराकानी हुदाँ उल्टोपुल्टो कुरा सुनेर आफ्ना बाबु आमाको कुरा सुनि उल्टो मानसीक तनाव यातना दिने हप्काउने समेतको कार्य गर्दै आएका थिए । यसैबिचमा रुवि सुत्ने कोठामा नाबालक छोराछोरी लिएर सुतेकोमा विहान मृत्यु भएको कुरा कसैलाई नभन्नु, भनि १२० रुपियाँ हजुरबावु र हजुरआमा मिलेर पैसा दिएकोले घटना रहस्यमय देखिएको स्थानीय अस्फाक अंसारीले बताउनुभयो । हत्या भएको सासुससुरालाई आवश्यक अनुसन्धान गरी कर्तव्य ज्यान मुद्दामा कानूनी कार्वाही गर्न माग गरेको छ ।
जिल्ला प्रहरी कार्यालयले हत्या वा आत्महत्याको सावल एकिन गर्न पोष्टमार्टमको पर्खिएको एसपी केशवकुमार थेवेले प्रतिकृया दिएको छ ।

१, शुक्रबार पीडित पक्षले पत्रकार सम्मेलन गरि छोरी रुवि खातुनको हत्या गरेर झुण्डयाएको दावी गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
