जिउदो शहिद मेहताको पक्षमा जनमत रहेको दावी
मधेस आन्दोलनको क्रममा गोली , लाठी खाएर बाचेका जिउदो शहिद सुनसरीको इनरुवा नगरपालिका १ नीवासी जनता समाजवादी पार्टी नेपालका तर्फबाट उम्मेदबार रामचन्द्र मेहताको पक्षमा जनमत रहेको पार्टीले दावी गरेको छ । सुनसरी क्षेत्र नम्बर २ को निर्वाचन अधिकृतको कार्यालयले उम्मेदबारको अन्तिम नामावली प्रकाशन गरेको बेला शुक्रबार जनता समाजवादी पार्टी नेपालका सुनसरी सचिव सिंहेश्वर मेहताले आफ्नो पार्टीको तर्फबाट उम्मेदबार रहनुभएको रामचन्द्र मेहताको पक्षमा जनमत रहेको दावी गर्नुभएको छ । मेहताले देशको संघीयताका लागि योगदान गर्नुका साथै मधेसको मधेसी, आदिवाजी, जनजाती, मुस्लिम, दलित, खस आर्य सहितको समग्र नेपालीजनको अधिकार,पहिचान, समानुपातिक निर्वाचन प्रणाली, सबैको सहभागिता र सबैको सम्मान तथा जनजिविकाको मुद्धा बोकेको पार्टीको तर्फबाट मधेस आन्दोलनका अगुवा जिउदो शहिद इनरुवा नगरपालिका १ नीवासी जनता समाजवादी पार्टी नेपालका तर्फबाट क्षेत्र नम्बर २ मा उम्मेदबार रहनुभएको रामचन्द्र मेहताको पक्षमा माहोल रहेकाले जित्ने दावी गर्नुभयो ।



सत्य नारायण मेहता र माता राधादेवी महतोको कान्छो छोराको रुपमा ४२ वर्ष अघि जन्मिनुभएका रामचन्द्र मेहता विधार्थीकालदेखी नै समाजसेवी राजनितिक सेवामा रहनुभएको छ ।
अन्तरीम संविधान जारी भएपछि मधेसको अधिकार समावेश नभएको भन्दै तत्कालिन मधेसी जनअधिकार फोरमको तर्फबाट अध्यक्ष उपेन्द्र यादवले थाल्नुभएको मधेस आन्दोलनमा समर्थन गर्दै उदाउनुभएको र अग्रपंतीमा उभिनुभएका नेता रामचन्द्र मेहता नेपाली राजनीतिको केन्द्र र छाया दुवैमा परिरहने पार्टी फुटेर विभिन्न कालखण्ड कतिनेता यताउता भएपनि उहाँ साविकदेखी हाल जनता समाजवादी पार्टी नेपालसम्म आईपुग्दा उपेन्द्र यादवको नेतृत्वकै पार्टीमा सकृय हुनुहुन्छ । उहाँले विगत १८ वर्षमा कयौ पटक दलमा विवाद र पटक–पटक फुटे, जोडिए पनि आफू कहिले पनि विचार र सिद्धात भन्दा बाहिर नगई निरन्तर लागिरहेकाले यसपालीको प्रतिनिधि सभा निर्वाचनमा आम मतदाताले मतदान गरेर विजय गाराउनेमा विश्वष्त हुनुहुन्छ ।
मेहताले आफू राजनितक रुपमा पार्टी स्थापनाकालदेखि हालसम्म निरन्तर लागिपरेको र मधेसको अधिकार, पहिचान, सम्मान तथा संघीयताको मुद्धामा निरन्तर आबाज उठाउदै जनताको पक्षमा काम गर्दै आएकाले यसपालीको फागुन २१ ग्तेको प्रतिनिधि सभा निर्वाचनमा आम मतदाताले मतदान गरेर विजय गाराउनेमा आफू विश्वस्त रहेको बताउनुहुन्छ ।
उहाँले आफूसंग प्रतिस्प्रधामा रहेका २८ जना उम्मेदबार भन्दा आफ्नो पक्षमा जनताको जनमत रहेकाले जित्ने निश्चित रहेको दावी गर्नुभयो । मेहताले इटहरीदेखी सीमावर्ती देवानगञ्जसम्मका नागरिकहरुले समावेशिता, मधेस सहित समग्र नागरिकको अधिकार, पहिचान, सम्मान तथा संघीयताको मुद्धा बोकेको पार्टी जनता समाजवादी पार्टी भएकाले मतदाताले आफूलाई यसपाली मतदान गर्ने आधार रहेको बताउनुभयो ।
प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा एमालेको तर्फबाट सुजन लामा, नेपाली काग्रेसको तर्फबाट राजिव कोइराला, राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट लाल विक्रम थापा, जसपा नेपालबाट रामचन्द्र मेहता, नेपाली कम्युनिष्ट पार्टीबाट राम कुमारी चौधरी,नेपाल मजदूर किसान पार्टीको तर्फबाट गिता माया बजेगु, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) कृष्ण कुमारी दनुवार,मंगोल नेशनल अर्गनाइजेसनका सन्तहिरा राई, राष्टिय मुक्ती नेपालबाट सन्तोश मेहता, उज्यालो नेपाल पार्टीका गोपाल तामाङ,नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अतित नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेश कुमार बस्नेतले उम्मेदवारी दर्ता भएकोछ। त्यसैगरी स्वतन्त्रबाट सत्य नारायण पंडितइफतखार हसन (इकवाल),राज कुमार खत्री,भीम बहादुर दाहाल सहित २८ जनाको उम्मेदवारी दर्ता भएकोछ । यहाँ ९ जना स्वतन्त्र सहित २८ जनाले उम्मेदबारी दर्ता गराएको सहायक निर्वाचन अधिकृत अरुण कुमार मेहताले जनाकारी दिनुभयो ।
