जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ १० गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकाका सरोकारबालाहरुको सहभागीतामा फोहोर व्यवस्थापन विषयक संवाद कार्यक्रम सम्पन्न भएको छ । सनिबार सामाजिक परीवर्तन केन्द्र काठमाडौंको आयोजनामा सम्पन्न भएको संवाद सहभागीहरुले सुनसरी खोलामा उधोगको प्रदुषणयुक्त पानी नमिसाउन आग्रह गरेका छन् । भोक्राहा नरसिंह ५ मा रहेको बाबा पेपर मिल र अरविन्द पल्प एण्ड पेपर मिलले उधोगबाट निष्कने विषाक्त तथा प्रदुषणयुक्त पानी सुनसरी खोलामा मिसाउने गरेको गुनासो सहित नमिलाउन आग्रह गरेका छन् । कार्यक्तममा स्थानीय रहमान मंसुरीले दुईवटा उधोगहरुले प्रदुषणयुक्त, विषाधी भएको फोहोर पानी सिधै सुनसरी खोलामा मिसाउदै आएकाले पशुपालक किसान, मर्दापर्दाको वखत खोलामा नुहाउन, खेतमा पानी लगाउन समेत समस्या भएकाले त्यसमा सुधार गर्न आग्रह गर्नुभयो ।

सामाजिक परीवर्तन केन्द्रका जिल्ला संयोजक रमेश भट्टराईका अनुसार प्रभावित नागरिकहरु, जनप्रतिनिधिहरु, उधोग प्रशासनका प्रतिनिधिहरु र सरोकारबालाहरु सहितको उपस्थितीमा भएको कार्यक्रममा तीन वुदे प्रविद्धता जनाएको बताउनुभयो । स्थानीयहरुले उधोगलाई सचेत गराउदै संरक्षणमा सहयोग गर्ने, उधोगहरुले सामाजिक उतरदायित्वका कार्यक्रमहरु स्थानीय सरकारको समन्वयनमा गर्ने र स्थानीय तहका जनप्रतिनिधिहरुले बेलाबखत अनुगमन गर्ने सहितको तीन बुदे प्रविद्धता जनाएको भट्टराईले बताउनुभयो । सुनसरी खोलाको पानीलाई उधोगको प्रदुषण र विषाक्त पानीले असर गरेको भन्दै सुधारको खाचो औल्याएका थिए । सिएससीका मनिष खत्री सहितले जलवायु न्यायको बारेमा स्थानीय तहले आफ्नो नीति, योजना र कार्यक्रममा समाबेश गर्नु पर्ने सुझावहरू दिनुभयो ।