सुनसरी निर्वाचन क्षेत्र २ मा लाग्यो नागरिकको नेता रामचन्द्र मेहताको नारा
जेन्जी आन्दोलनपछि २०८४ मा हुनुपर्ने प्रतिनिधि सभा सदस्य निर्वाचन फागुन २१ गते देशभरी एकसाथ भईरहेको छ । विगतमा सत्ता रस चाखेका देखी हालै उदाएका नयाँ दलहरु र केही विलकुल नयाँ दलको विचमा रोचक प्रतिस्प्रधा हुने भएपछि देशभर नै निर्वाचन जोडघटाउ सुरु भएको छ । यसैबिचमा सुनसरी निर्वाचन क्षेत्र २ मा पनि २८ जना उम्मेदबार चुनावी मैदानमा रहेका छन् । सबैको आ आफ्नो दावी रहेकोमा जनता समाजवादी पार्टी नेपालको उम्मेदबार रामचन्द्र मेहताको पक्षमा स्थानीयहरुले खुलेर प्रचारप्रसार र चर्चा थालेका छन् । यस क्षेत्रमा नेकपा एमाले र नेपाली काग्रेंसले पटक पटक जितेको इतिहास रहेको छ भने संविधान सभा निर्वाचन २०६४ मा तत्कालिन मधेसी जनअधिकार फोरम नेपालबाट मुगालाल मेहताले एक पटक जितेको इतिहास छ । यही बीचमा २००७ सालदेखी हालसम्म पटक पटक जितेको र सत्तामा पनि पुगेको भएपनि यसक्षेत्रमा शिक्षा, स्वास्थ्य, खानेपानी, सडक सञ्जाल र रोजगारको लागि खासै काम नगरेकाले असन्तुष्ट नागरिकहरु नयाँ युवा उम्मेदबार र विचारको खोजीमा रहेको देखिन्छ । यसैबेला जसपा नेपालका उम्मेदबार लक्ष्ति यहाँका नागरिक मतदाताले लगाउन थालेको छ, “नागरिकको नेता रामचन्द्र मेहता” को नारा यसक्षेत्रमा माटो सुहाउदो र विचार मिल्ने, समस्या बुझ्ने , झुठको कुरा गर्न नआउने नेता रामचन्द्र मेहता भएको इनरुवा ९ का मतदाता उपेन्द्र यादवले बताउनुभयो ।
यादवले जनता समाजवादी पार्टीमा दुई दशक निरन्तर लाग्नुभएको र इटहरीदेखी दक्षिण सीमामवर्ती देवानगञ्जसम्मको सबै सवाल, माग र मुद्धा थाहा भएको नेता रामचन्द्र मेहता भएकाले आफूहरुले खुलेर अभियानमा जुटेको बताउनुभयो ।
सुनसरी जिल्लाको ४ संसदीय निर्वाचन क्षेत्र मध्ये एक एक निर्वाचन क्षेत्र नम्बर २ समावेसी जनघनत्व रहेको क्षेत्र हो । सुनसरी २ मा सीमावर्ती देवानगन्ज गाउँपालिका, हरिनगर गाउँपालिकाको वडा ३ गौतमपुर, रामधुनी नगरपालिकाको १, २ ,३, ५, ८ र ९, इनरुवा नगरपालिकाको वडा १, २, ५, ६, ९ र १०, र इटहरी उपमहानगरपालिकाको १ देखी ५ सम्म र १६ देखी २० नम्बर वडासम्मका वडाहरू समेटिएको छ । यो क्षेत्रमा सबै समुदायको बसोबास रहेकाले समावेसीताको अभ्यास गर्न र समस्या समाधान गर्न सक्ने सदनमा कानुन निर्माणदेखी विकास निर्माणसम्मको काम गर्ने नेता रामचन्द्र मेहता देखेकोले मतदान गर्ने देवानगञ्ज ७ का सञ्जय यादवले बताउनुभयो ।
विगतको झुठो आश्वासनबाट आजित भएर यसपाली नागरिकहरु नयाँ अनुहारलाई मतदान गर्ने पक्षमा रहेको इनरुवा १ का सत्यनारायण मेहताले बताउनुभयो । मेहताले सीमावर्ती देवानगन्ज गाउँपालिकाबाट ८० प्रतिशत बढी मत जसपालाई दिने अवस्था देखेको र हरिनगर गाउँपालिकाको वडा ३ गौतमपुरका प्रायः सबैले मधेसी नेतालाई मतदान गर्ने सोचमा रहेको, रामधुनी नगरपालिकाको अधिकाशंले, इनरुवा नगरपालिकाको ५० प्रतिशत बढी र इटहरी उपमहानगरपालिकाबाट १५ प्रतिशतसम्म मत पाउने भएकाले जित्ने दावी गर्नुभयो । नयाँ पार्टी तर गत निर्वाचनका प्रतिस्प्रधी राष्टिय स्वतन्त्र पार्टीका लालविक्रम थापा, नेपाली कम्युनिष्ट पार्टीका रामकुमारी चौधरी, नेकपा एमालेका सुजन लामाले पनि आफूहरु जित्ने दावी गर्दै मैदानमा रहनुभएको छ । यसक्षेत्रमा नेपाली काग्रेंसका उम्मेदबार राजिव कोईरालाले पनि चुनाव जित्ने दावी गर्दै घरदैलोमा रहनुभएको छ ।
