इनरुवा नगरपालिकामा ६ महिनामा सात किलोमिटर सडक कालोपत्रे
इनरुवा, माघ ११ गते । इनरूवा नगरपालिकाले चालु आर्थिक वर्षको ६ महिनामा सात किलोमिटर सडक कालोपत्रे गरेको छ । इनरुवा नगरपालिकाको विभिन्न वडामा गरी साउनदेखी पुससम्ममा सात दशमलव १९ किलोमिटर सडक कालोपत्रे भएको हो ।
सुनसरीको सदरमुकाम समेत रहेको इनरूवा नगरपालिकाले आफ्नो १६ औं नगर सभा तथा अधिवेशनमा दिएको जानकारी अनुसार सिमित स्रोतसाधका बीचमा भौतिक पूर्वाधारको काममा धमाधम भईरहेकोमा कालोपत्रे पनि भएको छ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा दुई दशमलव ३६ किलोमिटर सडक ग्राभेल, एक दशमलव ०७ किलोमिटर सडक आरसिसि, कल्र्भट दुई वटा निर्माण सम्पन्न भईरएको जनाएको छ । नगर सभामा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले गत नगर सभा तथा अधिवेशनबाट स्वीकृत बजेट, नीति तथा कार्यक्रमका उपलब्धिहरूको प्रतिवेदन प्रस्तुत गर्नुहुदै सडक कालोपत्रे, ग्राभेल, आरसिसि, भवन निर्माण, पार्क निर्माण, ढल तथा नाला निर्माण, एजिंग वाल निर्माण सहितको २४ वटा योजनाहरु अझै सञ्चालनमा रहेको जानकारी दिनुभयो ।
साविक गाविसहरु समेत नगरपालिकामा मिसिएकाले पुरानो गाविस तथा हालका वडाहरुमा समेत गरेर १० किलोमिटर सडकमा निर्माण, मर्मत र नयाँ कालोपत्रे भइसकेको जनाउँदै अब केही काम बाँकी रहेकोमा निरन्तर काम भईहरेको बताउनुभयो । उहाँका अनुसार नागरिकको आवश्यता र प्राथमिक्ताका आधार उक्त सडकहरुमा काम सम्पन्न भइसकेको छ ।

१, इनरूवा नगरपालिकाको १६ औं नगर सभा तथा अधिवेशनमा प्रमुख प्रशासकीय अधिकृत डिल्लीराज निरौलाले कालोपत्रे बारेमा जानकारी दिनुहुदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
