छोरीको हत्या भएको दाबी
इनरुवा, माघ ११ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडा नंम्बर ४ की २४ वर्षीया रुवी खातुनलाई विवाहमा मागेजति दाईजो नदिएको कारणले ससुरी पक्षले झुण्याएर हत्या गरेको दावी गरेको छ । ज्वाई बैदेशिक रोजगारमा रहेको मौकामा विगतदेखी माग्दै आएको दाईजोको सरसमान, गरगहना र जग्गा नल्याएको भन्दै सासु र ससुरा मिलेर रुविको हत्या गरेको माईति पक्षले दावी गरेको छ ।
माघ ३ गते विहान झुण्डिएको अवस्थामा फेला गरेकी रुबिका ५० वर्षीय बुवा अजमल अंसारीले आफ्नो छोरी रुवी खातुनलाई ससुराली पक्षले विवाहमा मागेजति दाईजो नदिएको कारणले सासु र ससुरा मिलेर हत्या गरेको दावी गर्नुभएको छ । अंसारीले आफ्नो छोरीको ससुरा भोक्राहा नरसींह गाउँपालिका वडा नं ४ का ५५ वर्षीय दाउद मियाँ र सासु ५० वर्षीया जलेशा खातुनले हत्या गरेको दाबी गर्नुभएको छ । मारेर झुण्डयाएकोमा आत्महत्या भन्दै जिल्ला प्रहरी कार्यालय सुनसरीले उजुरी समेत लिन नमानेको अंसारीको दावी छ । माघ ३ गते छोरी रुविको हत्या गरेको घटना बाहिर नभन्नका लागि नातीलाई १२० रुपियाँको प्रलोभन दिएको समेत खुलेको मृतकका बुवा अंसारीले बताउनुभयो । मृतक रुवि खातुनका पाँच वर्षीय छोरा सुफियान अन्सारीले आफू र बैहनी २ वर्षिया आसिनालाई १२० रुपियाँको प्रलोभन दिएर यो मारेको घटना कसैलाई नभन्न भनेको बताउनुभयो ।
मृतकका आफ्न्तहरुले दाईजोमा मागेको महंगो मोटरसाईकल र पाँच कट्ठा जग्गा नदिएको न्युहमा हत्या गरेको दावी गर्दै न्यायको माग गरेका छन् । पीडित परीवारका सदस्यले सुनसरीको भोक्राहा नरसींह ४ स्थित आफ्नै पतिको घरमा माघ ३ गते विहान ५ बजेको समयमा झुण्डिएको अवस्थामा छोरी रुवी खातुनको शव फेला परेको बताएका छन् । रुविको विवाह भोक्राहा नरसींह ४ का अबुल हसन मियाँसँग भएकोमा २ वटा सन्तानहरु १ छोरा वर्ष ५ को र १ छोरी काखमा २ वर्षकी रहेकी छन् ।
अंसारीले भन्नुभयो, “बारम्बार मेरी छोरीलाई दुख दिने कुटपिट गर्ने खानलाउन पनि नदिने गर्दै आएका, दाईजोमा गाडी किन नल्याएको र जग्गा खोई ल्याएको भन्दै यातना दिएकोमा त्यसमा बारम्बार पन्चायति र छलफल गर्दै आएको र समाधान हुँदै आएकोमा अस्ति एकाएक हत्या भएको हो । ”
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक हेमराज ओलीले हत्या वा आत्महत्याको सवाल एकिन गर्न पोष्टमार्टमको रिर्पोट अनुसार अगाडि बढ्ने प्रतिकृया दिनुभएको छ ।
