एन एम बि बैंक लिमिटेडद्वारा ट्रयाकसुट बितरण
बाबुराम मुडियारी
मोरड. / मोरगंको ग्रामथान गाउपालिका स्थित झोराहाट झगडाईटोलको दुर्गा आधारभूत विधालयमा एनएमबी बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत विध्यार्थी लाई ट्रयाकसुट बितरण गरेको छ। सोमबार विधालयमा अध्यनरत विध्यार्थी बालबालिकाहरुलाइ एन एम बि लिमिटेडले ४६ सेट ट्रयाकसुट बितरण गरेको हो | सो कार्यक्रममा बैंकका प्रदेश १ प्रमुख प्रकाश घिमिरे प्रमुख आथितित्यामा र शाखा प्रबन्धक रमेश अधिकारीले ४६ सेट ट्रयाकसुट वितरण गरेको छ।

बिजिनेश मेनेजर सन्तोष दाहाल , ग्रामथान गाउपालिका २ नं वडा सदस्य गोपाल न्यौपाने ,पुर्व बिधालय ब्यवस्थापन समिति अध्यक्ष अभिभावक संघ र अन्य अभिभावकहरुको उपस्थिति रहेको थियो। यस विधालयमा सिमान्तकृत, अल्पसंख्यक झगड समुदायका लगायतका बालबालिकाहरु अध्ययनरत छन् |
