सुनसरीको सीमावर्ती क्षेत्रबाट लागू औषध ब्राउन सुगर सहित तीन जना पक्राउ परेका छन् । लागु औषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकही सुनसरीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर सहित उनीहरुलाई पक्राउ गरेका छन् ।

प्रहरीले जिल्लाको कोशी गाउँपालिका वडा नंम्बर १ भन्सार कार्यालय नजिकैबाट सप्तरीको सप्तकोशी नगरपालिका वडा नंम्बर १ का २४ वर्षीय इश्वर प्रसाद भगत,धनकुटा नगरपालिका वडा नंम्बर ९ का २६ वर्षीय सुक्दीप राई र सहिदभुमी गाउँपालिका वडा नंम्बर ४ का २७ वर्षीय साजन राईलाई पक्राउ गरेको हो । प्रहरीका अनुसार भगतको साथबाट लागू औषध ब्राउन सुगर ३.०४ ग्राम, सुक्दीप राई र साजन राईको साथबाट १०.५२ ग्राम बरामद गरेको हो ।
कोशी र भोक्राहा नरसिंहको विभिन्न स्थानहरुमा चेकजाँच गर्ने क्रममा लागू औषध ब्राउन सुगर फेला परेको हुँदा उनिहरुलाई लागू औषध सहित नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ परेकाहरुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भइरहेको प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जाकनारी दिनुभयो ।