देवानगञ्ज २ मा काग्रेंसको वडा समिति बैठक
सुनसरीको देवानगञ्ज गाउँपालिका २ मा नेपाली काग्रेंसको २ नम्बर वडा समिति बैठक सम्पन्न भएको छ । वडाबाट सबैले पार्टीका उम्मेदबारलाई जिताउने प्रयासमा बैठक सम्पन्न गरेको हो । नेपाली काँग्रेसको तर्फबाट सुनसरी निर्वाचन क्षेत्र २ मा उम्ेमदबार रहनुभएका राजिव कोईरालाई पार्टीले कार्यसम्पादन र योगदानको आधारमा उम्मेदबार बनाएकोले जिताउने दायित्व वडा समितिको पनि भएकाले बैठक बसेको छ ।

विहीबार बैठकमा उपस्थिती पूर्व सांसद तथा संविधान सभा सदस्य सिताराम मेहता र उम्मेदबार कोईराला सहितले पार्टीको एजेण्डा र उम्मेदबार समेत जनमैत्री सही भएकाले जिताउने योजना सहित लाग्ने प्रतिवद्धता जनाएको छ ।

बैठकमा चुनावी रणनीति, वर्तमान राजनीतिक अवस्था, पार्टीको आन्तरिक तथा समसामयिक विषयमा समेत छलफल भएको पार्टीका नेता बद्रीप्रसाद यादवले बताउनुभएको छ ।
