जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ २१ गते । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा विभिन्न पार्टीहरु र स्वतन्त्रका गरि प्रायः धेरै नयाँ अनुहारका उम्मेदबारहरु चुनावी मैदानमा देखिएका छन् । समानुपातिकबाट संसद भएका देखी प्रदेश सभा सदस्य भएका नेताहरु पुरानो भएपनि प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदबारका लागि भने प्रायः नयाँ अनुहार देखिएका छन् । यस क्षेत्रमा प्रमुख राजनीतिक दलदेखी नयाँ दर्ता भएका दलसम्मका र स्वतन्त्रका समेत गरी २८ जना बिच प्रतिस्प्रधा हुने देखिएको भएपनि यहाँका प्रायः नयाँ अनुहार मैदनामा देखिएको हो ।
प्रतिनिधि सभा निर्वाचनका लागि सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा गत निर्वाचनमा पराजित भएका राष्ट्रिय स्वतन्त्र पार्टीका लाल विक्रम थापा बाहेक सबै नयाँ अनुहारका उम्मेदबार मैदानमा रहेको छ । विभिन्न पार्टीहरुमा नेताहरु पुरानो भएपनि उम्मेदबारको हकमा भने नयाँ अनुहार देखिएको छ । निर्वाचन क्षेत्र नम्बर २ मा गत निर्वाचनमा जितेको एमालेका नेता भिमप्रसाद आचार्य, पराजित भएका नेकपा माओवादी केन्द्रका डम्बर सुवेदी(हिमाल) र नेपाली काग्रेंसका नेता सिताराम मेहता सहितका नेताहरु यसपाली चुनावी मैदानमा हुनुहुन्न भने ती ठूला पार्टी सहित नयाँ खुलेका दलहरुका नयाँ अनुहारका उम्मेदबार मैदानमा देखिएको छ ।
नेपाली काग्रेंसका जिल्ला सभापती केदार भण्डारीले पार्टीमा लगनशिल्ता, इमानतारिता र निष्ठावान नेता भएकाले राजिव कोईरालालाई उम्मेदबार बनाएको बताउनुभयो । उहाँले पार्टीमा दुई कार्यकाल जिल्ला सभापती भएर काम गरेको र जनतामा भिजेको नेता भएकाले कोईरालालाई उम्मेदबार बनाएको बताउनुभयो ।
त्यसैगरी नेकपा एमालेका जिल्ला अध्यक्ष पर्शुराम यादवले अहिलेको आवश्यकता युवाको भएको, युवा संघ जिल्ला अध्यक्ष भई हाल कोशी प्रदेश अध्यक्ष रहेका सुजन लामालाई उम्मेदबार बनाएको बताउनुभयो ।
नेपाली कम्युनिष्ट पार्टीका इन्जार्च शिव कुमार डागींले आफ्नो पार्टीको जनयुद्धको बेलादेखी नै संघर्षमा रहेको, महिला भएको र पूर्व राज्यमन्त्री भएको अनुभवी नेता भएकाले रामकुमारी चौधरीलाई उम्मेदबार बनाएको बताउनुभयो ।
जनता समाजवादी पार्टीका अध्यक्ष देवकृष्ण यादव(गोबरधन)ले मधेस आन्दोलनका क्रममा गोली खाएर बाचेका जिउदो शहिद भएकाले रामचन्द्र मेहतालाई उम्मेदबार बनाएको बताउनुभयो ।
सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा पूर्व प्रदेश सभा सदस्य, नेपाली काग्रेसका केन्द्रिय सदस्य राजिव कोइराला, राष्ट्रिय स्वतन्त्र पार्टीका लाल विक्रम थापा, नेपाली कम्युनिष्ट पार्टीका राम कुमारी चौधरी, जनता समाजवादी पार्टीका नेता रामचन्द्र मेहता, एमालेका युवा नेता सुजन लामा, उज्यालो नेपाल पार्टीका गोपाल तामाङ सहितका २८ जना उम्मेलबार रहेका छन् । नेपाली काग्रेसका उम्मेदबार राजिव कोइरालाले विगतको काग्रेंसको लोकप्रियता र आफूले गरेको कामको मुल्यांकनका आधारमा चुनाव जित्ने गरि मैदानमा आएको बताउनुभएको छ । गत निर्वाचनमा एमाले र काग्रेंसपछि तेस्रो स्थानको मत पाएको राष्ट्रिय स्वतन्त्र पार्टीका लाल विक्रम थापा मात्रै यसपाली दोस्रो पटक मैदानमा रहनुभएको छ भने अन्यदलहरुले नयाँ अनुहारका उम्मेदबार बनाएको छ । गत निर्वाचनमा १९ हजार ३ सय ८६ मत ल्याएर तेस्रो स्थानमा पुगेको थापाले यसपाली चुनाव जित्ने दावी गर्दै चुनावी मैदानमा रहनुभएको छ । गत निर्वाचनमा गठबन्धन गरेकाले जनता समाजवादी पार्टी नेपालको उम्मेदबार नभएकोमा यसपाली जसपा नेपालले रामचन्द्र मेहतालाई उम्मेदबार बनाएको छ । मेहता एमालेलाई गत निर्वाचनमा समर्थन गर्दै गठबन्धन भएकाले एमाले जितेकोमा यसपाली जसपाले एकलै चुनाव जित्ने दावी सहित मैदानमा उत्रेको बताउनुहुन्छ ।
यसपटक एकलै चुनावमा रहेको नेकपा एमालेका उम्मेदबार सुजन लामाले सुनसरी क्षेत्र नं २ बाट प्रतिनिधिसभामा जित्ने र एमालेको जितको निरन्तरता दिने बताउनुहुन्छ । लामाले आफू युवा भएको, पार्टीको उदेश्य सही भएको र देशको विकास, समृद्धिको एजेण्डा भएकाले जित्नका लागि उम्मेदवारी दिएको बताउनुभयो । उहाँले विजयी हासिल गर्नेमा आफू ढुक्क रहेको बताउनुभएको छ ।
यस क्षेत्रबाट नेपाल मजदूर किसान पार्टीका गिता माया बजेगु, राष्टिय मुक्ती पार्टीबाट सन्तोश मेहता, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का कृष्ण कुमारी दनुवार, मंगोल नेशनल अर्गनाइजेसनका सन्तहिरा राई, नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अतित नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका दिनेश कुमार बस्नेत सहितकाले उम्मेदवारी दिई मतदातासंग मात माग्न व्यस्त भएका छन् । त्यसैगरी स्वतन्त्रबाट सत्य नारायण पंडित, तीन दशकदेखी पत्रकारितामा रहनुभएका इफतखार हसन (इकवाल),राज कुमार खत्री,भीम बहादुर दाहाल सहित २८ जनाको उम्मेदवार चुनावी मैदानमा हुनुहुन्छ ।
के छ त मतदाताको माग सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा ?
सुनसरीको उतरी क्षेत्र चारकोषे जंगल इटहरीको सिमानदेखी दक्षिणमा भारतीय सिमावर्ती देवानगञ्जसम्म फैलिएको एक उपमहानगरपालिका इटहरीको १० वटा वडा, दुई नगरपलिका रामधुनीको ६ वटा वडा र इनरुवाको ६ वटा वडा, दुई गाउँपालिका हरिनगरको एउटा वडा र देवानगञ्ज गाउँपालिकाका सात वटा वडा गरि ३० वटा वडा रहेको छ । मुख्य राममार्ग र इटहरी, रामधुनी र इनरुवाको मुख्य सडक कालोपत्रे भएपनि भित्रि सडक निर्माण नभएको, शिक्षा, स्वास्थ्य, खानेपानी, संचार र यातायातको पहुच अभाव रहेकोले यी सामान्य आधारभुत कुराहरु पुरा गर्ने आधार सहितका उम्मेदबारलाई मतदान गर्ने मतदाताहरुले बताएका छन् । सदरमुकाम इनरुवादेखी भारतीय सिमावर्ती देवानगञ्ज कौवाखोचसम्म झण्डै २३ किलो मिटर सडक २०५४ सालदेखी स्थानीय र संघीय निर्वाचनमा उम्मेदबारको घोषणा पत्र र भाषणमा प्राथमिक्तामा पर्दा समेत व्यवहार काम नहुदाँ अहिलेपनि यो सडक निर्माण गर्नेलाई मतदान गर्ने केही मतदाताको भनाई छ । सदरमुकामदेखी सीमासम्म फैलिएको लाखौ नागरिकको इनरुवासंग जोड्ने मार्ग इनरुवा कौवाखोच सडक निर्माणको मुद्धा सम्बोधन गर्ने उम्मेदबारको पखाईमा आफूहरु रहेको इनरुवा ९ बबियाका स्थानीय फुलचन्द मेहताले बताउनुभयो । सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने इनरुवा कौवाखोच सडक निर्माणको मुद्धा सम्बोधन गर्ने उम्मेदबारको पखाईमा आफूहरु रहेको इनरुवा ९ बबियाका स्थानीय फुलचन्द मेहताले बताउनुभयो । यस क्षेत्रमा जनताको आवश्याता र नेताको समस्याको रुपमा रहेको इनरुवा कौवाखोच सडक निर्माण गर्ने बाचा गरेको तीन वटा स्थानीय चुनाव र पाँच वडा संघीय तथा दुई वटा प्रदेशको निर्वाचन सम्पन्न हुदा समेत यो सडक निर्माण सम्पन्न नभएको इनरुवा १० जल्पापुरका सदिक मियाँले गुनासो गर्नुभयो । आफुहरुको एउटा सडक , शिक्षा र स्वास्थ्यको मुद्धा सम्बोधन गर्न तीन दशकमा पनि सार्थक नभएकाले यो सवाल सुन्ने उम्मेदबारको पखाईमा रहेको मियाँले बताउनुभयो । वडापिच्चछे विद्यालय भएपनि पढाई नभएको अवस्था, स्वास्थ्य चौकी भएपनि सेवा नपाएको अवस्था र बाटोमा मर्मत नहुदाँ सुख्खामा धुलो र वर्खामा हिलोको सामना गर्नुपरेको अर्का स्थानीय मतदाता ऐयुव मियाँले गुनासो गर्नुभयो । मियाँले यो कुरा बुझ्ने, सुन्ने र सम्बोधन गर्ने उम्मेदबारलाई मतदान गर्ने बताउनुभयो ।

१, सुनसरी निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली काग्रेसको नेता राजिव कोईराला,

रास्वपाका लालविक्रम थापा,

एमालेको नेता सुजन लामा,

नेपाली कम्युनिष्ट पार्टीका रामकुमारी चौधरी

जसपा नेपालका रामचन्द्र मेहता

तथा स्वतन्त्रका इकवाल अहमद


राष्टिय मुक्ती पार्टीबाट सन्तोश मेहता,