नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन सुनसरीको ३७ औ साधारणसभा इनरुवामा समपन्न भएको छ ।

आठ सय १५ जना साधारण सदस्यहरु रहेको एशोसिएसनको साधारण सभामा सांगठनिक लगायतका विभिन्न प्रतिवेदन पस्तुत गरिएको थियो ।

साधारणसभामा नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनका केन्द्रीय सचिव सरोज घिमिरे, भुमिसुधार तथा मालपोत कार्यालय इनरुवाका प्रमुख मदनकुमार घिमिरे , केन्द्रीय सदस्य जयनारायण देव सहितको उपस्थिति रहेको थियो। साधारण सभामा व्यवसायी सन्तति सम्मानबाट रुदिप निरौलाको छोरी आसरुदि निरौला र अर्का अंकत झालाई पुरस्कृत गरेको छ।

साधारण सभामा पुर्व अध्यक्ष राजकुमार पोखरेल, नारायणप्रसाद निरौला, केन्द्रीय सदस्यहरू र सल्लाहकार लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

  अधिवेशन एसोसिएसन इकाई इनरुवा  अध्यक्ष नारायण प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न गरेको सचिव प्रताप भट्टराइले बताउनु भयो ।