इनरुवा, माघ २३ गते । सुनसरीको इनरुवा नगरपालिका ९ बबियामा लोपोन्मुख अवस्थामा पुगेको धार्मिक कार्यक्रम भगैत सम्पन्न भएको छ । दुई दशक अघिसम्म प्रायः गाउँटोलमा हुदै आएको भगैत पन्छिलो समय लोपोन्मुख अवस्थामा पुगेकाले त्यसको संरक्षणमा खत्वे समुदायले धार्मिक कार्यक्रम भगैत सम्पन्न गरेको हो । स्थानीय श्री श्री १०८ श्री माहाराज ससिया मन्दिरको उद्घाटनको अवसर पारेर धार्मिक कार्यक्रम भगैत सम्पन्न गरेको भगैत आयोजक समितिका अध्यक्ष भगिरथ खत्वेले जानकारी दिनुभएको छ । नेपाल र भारतको भगैत टोलीहरुको सहभागितामा भगैत भजन कार्यक्रम सम्पन्न भएको खत्वेले जानकारी दिनुभयो । इनरुवा नगरपालिका ९ बबियामा खत्वे समुदायको अगुवाईमा भगैत कार्यक्रम सम्पन्न भएको अर्का सत्यनारायण खत्वेले जानकारी दिनुभयो ।


१, सुनसरीको इनरुवामा भएको धार्मिक कार्यक्रम भगैतका भजन मण्डली ।
तस्विर ः