नेकपा एमाले सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ का उम्मेदवार जगदिश प्रसाद कुसियैत यादव भुमीपुत्र भएकाले मतदान गर्ने स्थानीयहरुले बताएका छन् । विगतमा जितेर गएकाहरुले जनतालाई ठगेको भन्दै यहाँका मतदाताहरु, युवा, महिला, किसान सहितले कुसियैतलाई मतदान गर्ने बताएका छन् । प्रदेश मन्त्री हुदा बखतमा कुसियैगले गरेको विकास, स्वास्थ्य, शिक्षा, यातायात र धार्मिक पर्यटनको क्षेत्रमा काम गर्नुभएको र यसपाली निति, नियम , कानुन बनाउन लागी आफनो उम्मेदवारी भएको भन्दै मतदाताको आउनुभएकोले मतदान कुसियैतालाई नै गर्ने भोक्राहा नरसिंह ५ का सतार मंसुरीले बताउनुभएको छ । सुनसरी निर्वाचन क्षेत्र नम्बर–४ का एमाले पार्टीका उम्मेदवार कुसियैतले यस क्षेत्रको समग्र विकास र परिवर्तनका लागि आफू सक्रिय राजनीतिमा होमिएको बताउनुभएको र गाउँको पीडा बुझेको नेता भएकाले कुसियैतालाई नै गर्ने भोक्राहा नरसिंह ५ का अर्का स्थानीय रहिम मंसुरीले बताउनुभयो ।


भोक्राहा नरसिंह गाउँपालिका वडा नम्बर–५ टपरामा आईतबार स्थानीयहरुले आयोजना गरेको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार कुसियैतले नेकपा एमालेलाई अत्याधिक मत दिएर विजयी गराए यस क्षेत्रमा जनताको चाहना अनुसार विकास गर्न कुनै कसर बाँकी नराख्ने बताउनुभएको छ । उहाँले यहाँको सडक, खानेपानी, सुनसरी खोलाको बाढी नियन्त्रण लगायतका भौतिक पूर्वाधार विकासलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले शिक्षा क्षेत्रको सुधारलाई पनि प्राथमिकतामा राख्ने बताउँदै गुणस्तरीय शिक्षा, विद्यालयको भौतिक पूर्वाधार सुधार र छात्रा शिक्षालाई प्रोत्साहन गर्ने योजना रहेको जानकारी दिनुभयो । लामो समय देखि जितेर गएका पार्टीका नेताहरुले जनतालाई आश्वासन मात्र दिएको र यस क्षेत्रमा कुनै पनि विकास नगरेर जनतालाई धोका दिएकाले आफू स्थानीय भएकाले काम गर्ने बताउनुभयो ।


उक्त कार्यक्रममा बोल्दै उम्मेदवारले यस क्षेत्रमा जनताको सब भन्दा बढी समस्या भनेको किसानहरुको समस्या रहेको, सुनसरी खोला बाढी नियन्त्रण, तटबन्ध निर्माण र आफु जितेर गएपछि सब भन्दा पहिले किसानको समस्या समाधान गर्ने बताउनुभयो । उहाँले आफू जनताको विश्वास जित्ने गरी काम गरेर देखाउने बताउनुभयो । यसअघिका निर्वाचित जनप्रतिनिधिहरूले गरेको वाचा कार्यान्वयन नभएकाले जनता निराश भएको हुदाँ आफु निर्वाचित भएपछी यस क्षेत्रमा जनताले सोचेको भन्दा बढी काम गरे देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सो कार्यक्रममा एमालेको केन्द्रिय अनुशासन विभाग नेता पोषट कुमार नेपाल, नेता महेन्द्र प्रसाद यादव,नेकपा एमालेका नवाजुल शा मियाँ, बसिरमुद्धिन मंसुरी, नेता बाबुराम साह सहितको उपस्थिती रहेको भोक्राहा नरसिंह गाउँपालिका युवा कमाण्डर रमेश कुमार यादवले जानकारी दिनुभयो । कार्यक्रम वडा कमिटीका बसिरमुद्धिन मंसुरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।