जयकृष्ण यादव। इनरुवा
इनरुवा, माघ २७ गते । नेपाली कांग्रेस पार्टीका सभापति गगनकुमार थापाले देशलाई भ्रष्टाचारमुक्त, सदाचारयुक्त र सुशासनयुक्त बनाउन आवश्यक रहेको बताउनुभएको छ । सुनसरीको कोशी गाउँपालिका ३ स्थित मंगलवार बिहान नेपाली कांग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र नंम्बर ४ का सभापति तथा कोशी गाउँपालिका अध्यक्ष ऐयुब अन्सारीको निवासमा नेता कार्यकर्ताहरुलाई सम्बोधन गर्नुहुदै सो कुरा बताउनुभएको हो । देशलाई भ्रष्टाचारमुक्त, सदाचारयुक्त र सुशासनयुक्त बनाउन काग्रेस जित्नुपर्ने सभापती थापाले बताउनुभयो ।
सयौं नेता कार्यकर्ताको उपस्थितिमा भएको स्वागत कार्यक्रममा उहाँले सबैको अधिकार, पहिचान र सम्मान सहित देशमा सुशासनको पक्षमा काम गर्ने पार्टी नेपाली काग्रेंस भएको बताउनुभयो । उहाँले झण्डै १० लाख क्रियाशिल सदस्यहरु भएको पार्टी भएकाले फागुन २१ गतेको निर्वाचनमा जिताउन सकिने विश्वास व्यक्त गर्नुभयो । सभापती थापाले सुनसरीको चारवटै क्षेत्र जित्ने र त्यसका लागि पार्टीका सबै नेता कार्यकर्तालाई चुनावी अभियानमा लाग्न आग्रह गर्नुभयो । उहाँले देश प्रतिनिधि सभा सदस्यका लागि महत्वपूर्ण आमनिर्वाचन भएकोले गुट भन्दा पार्टीको लागि सबै एक ढिक्का भएर अगाडि बढ्नुपर्ने सन्देश विषेश महाधिवेसनले सन्देश दिएको, सबै भन्दा पुरानो पार्टी भएको, जनताको आफ्नो पार्टी भएकोले नेपाली काग्रेंसमा मतदान गर्न मतदाताहरुलाई आहवान समेत गर्नुभयो । नागरिकले निर्वाचनप श्चात् असल जनप्रतिनिधि चयन भएपछि मात्रै देशमा सुशासनको माध्यमबाट भ्रष्टाचार नियन्त्रणमा लिई देशको सर्वाङ्गीण विकासको गति अगाडि बढाउलन सकिने उहाँले बताउनुभयो ।
आफूहरु सभापती मात्रै बन्न नभएर देशमा रहेको बेथितिको अन्त्य, भ्रष्टाचार नियन्त्रण, सदाचारयुक्त र भ्रष्टाचारमुक्त बनाउने अभियानमा समेत नेपाली काग्रेंसको नेतृत्व गरेको थापाले बताउनुभयो । उहाँले फरक प्रसंगमा सुनसरीको निर्वाचन क्षेत्र नम्बर ४ मा विकाशप्रेमी नेता ज्ञानेन्द्र बहादुर कार्कीलाई जितको अग्रिम बधाई शुभकामना दिनुहुदै सबै नेताकार्यकर्ताहरुलाई जिताउने अभियानमा लाग्न आग्रह गर्नुभयो ।


१, सुनसरीको कोशी गाउँपालिका ३ स्थित मंगलवार बिहान नेपाली कांग्रेस क्षेत्रिय कार्य समिति क्षेत्र नंम्बर ४ का सभापतिको निवासमा स्वागत कार्यक्रमलाई सम्बोधन गर्नुहुदै ।
तस्विर ः