आम जनताले खोजेजस्तो आफ्नो पार्टीमा परिवर्तन आएको दाबी


इनरुवा,। नेपाली कम्युनिष्ट पार्टीका केन्द्रीय पोलिट ब्यूरो सदस्य महफुज आलम अन्सारीले आम जनताले खोजेजस्तो आफ्नो पार्टीमा परिवर्तन आएको दाबी गरेका छन् ।
शनिबार आयोजित चुनावी सभामा बोल्दै सुनसरी क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका अन्सारीले देशलाई रुपान्तरण गर्ने गरी नेपाली कम्युनिष्ट पार्टीको नीति र नेतृत्व परिवर्तन भएको उल्लेख गरे।
म सुनसरी क्षेत्र नम्बर-४ का तमाम साथीहरूलाई आग्रह गर्न चाहन्छु–तपाईंहरुले भनेजस्तो नेपाली कम्युनिष्ट पार्टी बनेको छ । तपाईहरुले नेपाली कम्युनिष्ट पार्टीमा जस्तो रुपान्तरण खोज्नुभएको छ । नेपाली कम्युनिष्ट पार्टीमा त्यो रुपान्तरण भएको छ ।
अब रुपान्तरित नेपाली कम्युनिष्ट पार्टीले देशको रुपान्तरण गर्न चाहन्छ । त्यसको निम्ति मत दिएर बल प्रदान गर्नुस् । मत दिएर तागत प्रदान गर्नुस्,’ उनले भने ।
देशको रुपान्तरण गर्नका लागि आफ्नो पार्टीलाई मतदान गर्न पनि आम मतदातालाई अपिल पनि गरे । पार्टीका नेता, कार्यकर्ताहरूलाई पनि देशको रुपान्तरणका लागि नेपाली कम्युनिष्ट पार्टीको पक्षमा मतदान गराउनका लागि केन्द्रित भएर लाग्न सचेत गराए ।
‘राजनीतिमा परिपक्वता भएन, आवेग मात्रै भयो भने देश सही बाटोरित जान सक्दैन । निर्णय सही ढंगबाट हुन सक्दैन । खासगरी अहिले नेपाली कम्युनिष्ट पार्टीको नेतृत्व गरिरहेको हामीहरू पनि पछिल्लो पुस्ताकै हौ तुलनात्मक हिसावबाट । तर हावी के दाबी गर्छौं भने नेपालमा परिवर्तन गर्ने नेपालमा लोकतन्त्रलाई संस्थागत गर्ने आन्दोलनमा केटाकेटीदेखि नै लागेका मान्छे हौं,’ उनले भने तर, अन्सारीले आफैले भने त्यही सम्भावनालाई संकेत गर्दै आफूलाई प्रस्तुत गरिरहेका छन् ।
अधिकांश मतदातासमक्ष उनले स्थानीय भाषा मै मन्तव्य दिन्छन् । आफू भविष्यमा देशको नेतृत्वमा पुग्ने दाबी गर्दै सहयोग गर्न सम्पूर्ण सुनसरी क्षेत्र नम्बर ४ जनताहरुलाई आग्रह गरेका छन् ।
