जयकृष्ण यादव । इनरुवा
इनरुवा, माघ २६ गते । सुनसरीको इनरुवामा सात दिवशीय योग विज्ञान शिविर सम्पन्न भएको छ । पतञ्जली योगपिठ नेपाल सुनसरीको सहजिकरण र पतञ्जली योग शिविर व्यवस्थापन समिति इनरुवाको आयोजनामा आयोजित सात दिवशीय योग विज्ञान शिविर सोमबार सम्पन्न भएको हो । पतञ्जली योग शिविर व्यवस्थापन समिति इनरुवाका संयोजक कैलाश रायले आफूहरु नगरका स्थानीयहरुले शारिरिक र मानसिक स्वास्थ्य लाभ लिने उदेश्यले शिविर सम्पन्न गरेको जानकारी दिनुभयो । इनरुवामा विगतको वर्षमा झै यसवर्ष पनि सात दिवसीय निःशुल्क योग विज्ञान शिविर सञ्चालन रायले जानकारी दिनुभएको छ ।
प्रशिक्षक देवनारायण साहले योगले मानिसको शरीर र मनलाई जोड्ने भएकोले स्थानीयहरूका लागी प्रभावकारी भएको बताउनुभयो । उहाँले पछिल्लो समय मानिसहरु रोगी भइराखेको बताउनुहुँदै योगले स्वस्थ, फुर्तिलो र तन्दुरुस्त हुने जानकारी दिनुभयो ।
सहभागी मिश्रीलाल मेहताले योग सिक्न लागेपछि सुरुका दिनहरूमा अलि असजिलो भएको, जिउ दुखेको महसुस भएपनि अहिले शरीर फुर्तिलो हुँदै गएको र आफू केही निरोगी हुँदै गएको महसुस गरेको बताउनुभयो ।
अर्का सहभागी सन्तोश मेहताले योगले स्वस्थ्य, सार्थक र आनन्दपूर्वक जीवन बिताउने कला सिकाउने माध्यम पनि योग भएको बताउनुहुँदै सबैको लागि आवश्यक भएकाले इनरुवा खेल मैदानमा खुल्ला योग सम्पन्न गरेको बताउनुभयो ।
स्थानीय बलदेव यादवले योगले शरीर मन र इन्द्रियलाई एकाग्र बनाउने भएकाले बेलाबेलामा योग शिविर जरुरी रहेको बताउनुभयो । प्रमुख अथिति जिल्ला समन्वय समिति सुनसरीका प्रमुख तथा जिल्ला समन्वय समिति महासंघका अध्यक्ष राजन मेहताले सबै नागरिकका लागि योग आवश्यक भएको बताउनुभयो । उहाँले सबै उमेरका नागरिकहरुले योग अभ्यास गर्नुपर्ने बताउनुहुँदै विधालयमा पनि अभिभावक र विद्यार्थीहरूबाट योग शिविर सञ्चालन गर्न माग भएर आउने गरेको सुनाउनुभयो । उहाँले इनरुवामा योग शिविर सञ्चालन गर्न स्थानीय योग प्रशिक्षक र स्थानीयबाट आग्रह भएकाले आफ्नो केही सहयोगमा योग शिविर सम्पन्न गरिएको बताउनुभयो । उहाँले यसलाई निरन्तरता दिने र अझै व्यपाक बनाउने बताउनुभयो । योग शिविरमा करिब दुई सय ५० बढी स्थानीयहरुको सहभागिता रहेको कार्यक्रम आयोजकले जनाएको छ ।

१, पतञ्जली योगपिठ नेपाल सुनसरीको सहजिकरण र पतञ्जली योग शिविर व्यवस्थापन समिति इनरुवाको आयोजनामा सम्पन्न भएको सात दिवशीय योग विज्ञान शिविर हवन गरेर सोमबार समापन गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा