अनिल श्रेष्ठ। इनरुवा

नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य सुनसरी निर्वाचन क्षेत्र नम्बर २ का उमेदवार सुजन लामा आफ्नो पार्टीको योजना, घोषणा पत्र र प्रतिवद्धता सहित इनरुवा नगरपालिका १ का मतदाता संग भेटघाट गर्नुभएको छ।

उहाँले शुक्रबार विहान स्थानीयसंग आफ्नो पार्टीको योजना, चुनावी प्रतिवद्धता र नेकपा ऐमालेको आवश्यकता बारेमा जानकारी दिनु हुदै मत माग्न इनरुवा नगरपालिकावडा नम्बर १ मा आउनु भएको छ।

लामा लाइ पार्टीको नेता सुनसरी क्षेत्र नं २ का निवर्तमान सांसद, पुर्व मन्त्री भिम प्रसाद आचार्य लगायतको सहभागितामा भेटघाट र घरदैलो गर्न सहजिकरण गर्नु भएको छ।ईनरुवाका अगुवा नेताहरुको अगुवाइमा यस निर्वाचन क्षेत्र २ का एमाले उम्मेदवार सुजन लामाको घर दैलो अभियान ईनरुवा – १ शान्ति चौकमा आचार्यले लामालाई खादामाला लगाउँदै बिजयको शुभकामना दिएर अभियानको शुरुवात गर्नुभएको थियो ।


उक्त अभियान कार्यक्रममा पार्टीको सुनसरी जिल्ला अध्यक्ष पर्शुराम यादव,एमाले नेता प्रदेश सभा सदस्य निरा आचार्य , नेता कालुराम गुरुङ लोकेश निरौला,सरोज पोखरेल , पोस्ट कुमार नेपाल ,युवा नेता बिप्लव घोष,कमल प्रसाद उपाध्याय ,गणेश श्रेष्ठ लगायत दर्जनौ नेता कार्यकर्ताको उपस्थिति रहेको थियो ।