सुनसरीकाे सिमानाका कोशी गाउँपालिकाबाट पेस्ताेल र ३ राउन्ड गाेली सहित एक भारतीय नागरिक पक्राउ परेको छ। सशस्त्र प्रहरीकाे बीओपी कोशी श्रीपुरकाे टाेलीले काेशी गाउँपालिका ३ जमुवा सीमानाका क्षेत्रबाट भारतको अररिया निबासी ३६ वर्षिय राम खेलन पासवानलाई पेस्ताेल र तीन राउण्ड गोली सहित नियन्त्रणमा लिएकाे हो।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेड क्वाटर सुनसरीका अनुसार नियन्त्रणमा लिइएका व्यक्तिकाे साथबाट पेस्ताेल र गाेली सहित लागुऔषध ब्राउन सुगर समेत बरामद भएकाे छ ।नम्बर ४ गण सुनसरीका एसपी श्याम कुमार कार्कीका अनुसार बराह बाहिनी पकलीका डीआईजी मनिष थापाकाे निर्देशन बमोजिम नाकामा कडाई सहित बढाइएको निगरानीका क्रममा हतियार सहितका व्यक्ति पक्राउ पर्न सफल भएकाे हाे ।

एसपी कार्कीले चुनावलाई लक्षित गरी सीमा नाकामा थप कडाइ गरिएकाे बताउनुभएकाे छ ।