गढीका युवाहरु भगबती जिताउ अभियानमा संगठित
सुनसरीको गढीका युवाहरु भगबती जिताउ अभियानमा संगठित भएका छन । युवाको हीत र पक्षमा भगबती चौधरीले काम गर्दै आउनुभएकोले आफूहरु संगठित रुपमै सूर्यध्वजाबाहक उम्मेदवार भगबती चौधरीलाई जिताउन लाग्ने गढीका युवाले जनाएका छन । गढीका युवाले अबधेश चौधरीको संयोजकत्वमा युवा परिचालन कमिटी बनाएका छन।

भगबती चौधरीले युबालाई आधुनिक प्रबिधि सिकाएर घरमै बसीबसी आयआर्जन गर्न सकिने बिशेष योजना ल्याउने बताउनुभएको छ । निर्बाचन परिचालन समिति का कमाण्डर लिलम बस्नेतले युवा शक्तिको उर्जा बोकेर ११ हजार अन्तरले चुनाब जित्ने बताउनुभयो ।
