जयकृष्ण यादव। इनरुवा
इनरुवा, फागुन ३ गते । सुनसरीको निर्वाचन क्षेत्र २ का प्रत्यक्ष उम्मेदबार सन्तोश मेहताले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ । मेहताले राष्ट्रिय मुक्ति पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी नेपाल र जनता समाजवादी पार्टीको तर्फबाट चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको हो । उहाँले आफु उम्मेदवार रहेको सुनसरी निर्वाचन क्षेत्र नम्बर २ र पार्टीका तर्फबाट पाँच वुदे चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुभएको छ ।
मेहताले स्वदेशी सभ्यता, सांस्कृतिक राष्ट्रवाद, पढाइ दवाई निशुल्क, जनताको अधिकार, क्षेत्रिय आवाज जैविक कृषि, सिमादेखि हाइवे विकास, भ्रष्टाचार प्रतिरोधी र स्वशासनयुक्त साझा संविधान, बेरोजगारी अन्त्य, सम्बृद्धिको योजना र सबैको सम्मान सहितको प्रतिबद्धता सार्वजनिक गर्नुभएको छ ।


उहाँले पश्चिमी ज्ञानसत्ताले हामीलाई आफ्नै माटो, संस्कृति र सभ्यताबाट टाढा बनाएको र हाम्रो मातृभूमिसँग टुट्न लागेको सम्बन्ध अब पूर्वीय सभ्यतामा आधारित हाम्म्रो गौरवमय इतिहाससँग संबैधानिक एवं संरचनात्मक ढंगले पुनः जोडिने; जसले गर्दा स्व–संस्कृति प्रति लगाव बढ़न गई पहिचान र परम्परा सहितको सांस्कृतिक राष्ट्रवादको जन्म दावी गर्नुभएको छ ।
पढाइ दवाइ निशुल्क, जनताको अधिकारमा हाल कायम रहेको शिक्षा र स्वास्थ्यको व्यापारीकरण पूर्ण रुपमा अन्त्य अन्त्य गरी सबैको निम्ति सहज समान र निःशुल्क शिक्षा र स्वास्थ्यको ग्यारेन्टी , पूर्वीय सभ्यतामा आधारित सबैको निम्ति सहज एवं निःशुल्क शिक्षा एवं निःशुल्क स्वास्थ्य उपचारको योजना बनाइने प्रतिबद्धता पत्रमा उल्लेख गर्नुभएको छ ।
क्षेत्रिय आवाज जैविक कृषि, सिमादेखि हाइवे विकास नारामा भारतको जोगवनीको विकल्पको रुपमा यस क्षेत्रमा रहेको कौवाखोच र सहेबगन्ज सिमा–नाका खुलाउने,भारतीय सिमा देखि महेन्द्र हाइवे सम्म, पुर्व–पश्चिम रहेको तीनवटा हाइवे, रेलमार्ग, सहर केन्द्रित रिङरोड र गाउँ केन्द्रित लिङ्क रोड आदीको एकीकृत विकास योजना, साना उद्योग कारखाना स्थापनामा अनुदान एवं सम्वृद्धिको मार्ग निर्माण, जैविक कृषिको पोकेट क्षेत्र निर्माण एवं निःशुल्क विधुतीय सिंचाईकरण, निःशुल्क जैविक मल, विऊ योजनाको नीति, सामुदायिक सांस्कृतिक र धार्मिक सम्पदाको संरक्षण तथा प्रवद्र्धन गर्ने भनिएको छ ।
यस क्षेत्रको उत्पीडित समुदाय मधेसी, थारु, आदिवासी जनजाति, दलित, मुस्लिम अल्पसंख्यक एवं महिला लगायतको सम्मान पहुँच प्रतिनिधित्व एवं स्वाभिमानको आवाज सदनमा निरन्तर उठाउने , विकास निर्माण र आइपरेका समस्याहरूको आवाज निरन्तर उठाइनेछ र यस क्षेत्रको समस्या पहिचान गर्नको निम्ति क्षेत्रमै सांसद सम्पर्क कार्यालय खोलिनेछ। र वडा स्तरमा संवाद कार्यक्रम निरन्तर गरिने भनिएको छ ।


भ्रष्टाचार प्रतिरोधी र स्वशासनयुक्त साझा संविधान नारामा भ्रष्टाचार प्रतिरोधी तथा मधेश, थारु, लिम्बुवान क्षेत्रको स्वायत्तता सहित १०+१ स्वायत्त प्रदेश हुने संबिधान, सबै उत्पीडित राष्ट्रिय समुदायको पहिचान तथा हरेक निकायमा समानुपातिक प्रतिनिधित्व सहितको साझा शासन एवं स्वशासनको सुनिश्चितता , पूर्वीय ज्ञानसत्तामा आधारित रहेर राज्यको समग्र पुनर्सरचना को खाका तयार पारी लागू गरिने जनाएको छ । बेरोजगारी अन्त्य, सम्बृद्धिको योजना र सबैको सम्मान नारामा आगामी १० बर्ष भित्र जल, भूगर्भ, सौर्य, वायु तथा योग–ध्यान जस्ता शक्ति स्रोत, युवाको सीप र महिलाको सहभागिता प्रयोग, गर्ने नीति निर्माण गरेर १३ गुणा बढीको नयाँ आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने (यसको स्पष्ट ब्लु– प्रिन्ट ), बेरोजगारी अन्त्य र हालको भन्दा १३ गुणा आम्दानी वृद्धिको ठोस योजना रहेको जनाएको छ ।

१, सुनसरीको निर्वाचन क्षेत्र २ का प्रत्यक्ष उम्मेदबार सन्तोश मेहताले आफ्नो चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्नुहुर्दै ।
तस्विर ः जयकृष्ण यादव। इनरुवा