जयकृष्ण यादव । इनरुवा
इनरुवा, फागुन ४ गते । सुनसरीको निर्वाचन क्षेत्र नम्बर २ का प्रत्यक्ष उम्मेदबारहरुले सोमबार विहानैदेखी घरदैलो थालेका छन् । निर्वाचन आयोगले प्रचारप्रसार गर्न पाउने दिन भनेको फागुन ४ गते भएकाले सोमबार विहानैदेखी उम्मेदबारहरु घरदैलोमा जुटेका हुन् । राष्टिय मुक्ती पार्टीका उम्मेदबार सन्तोश मेहताले इनरुवा १ बाट आफ्नो चुनावी प्रचारप्रसार र घरदैलो सुरु गर्नुभएको छ भने नेपाली काग्रेंसका उम्मेदबार राजिव कोईरालाले बिहान ७ः३० बजेदेखी इनरुवा–५ बलाहाका घरआँगनमा घरदौलो सुरु गर्नुभएको छ । कोईरालाले घरघरमा पुग्ने यात्रामा निस्केको बताउनुहुदै मतदाताहरुलाई आफ्नो मतको सदुपयोग गर्न आफुलाई मतदान गर्न आग्रह गर्दै घरदौलो सुरु गर्नुभएको हो । उहाँले विहानबाट सुरु गरेको घरदैलो अभियान फागुन १९ गतेसम्म आफ्नो निर्वाचन क्षेत्रको सबै वटा टोलमा पुग्ने र सकेसम्म धेरै जनताको घर आँगनमा मत माग्ने प्रयास निरन्तर रहने जानकारी दिनुभयो । उहाँले सबै मतदातालाई आ आफ्ने अमूल्य समय र मत दिन अपिल गर्नुभएको छ । कोईरालाले घरदैलोमा भेटेर विचार–विमर्श सहित सल्लाहसमेत लिने र मतदाताका गुनासो समेत सुन्ने बताउनुभएको छ । त्यसैगरी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदबार रामकुमारी चौधरीले इटहरीमा आफ्नो पहिलो घरदैलौ सुरु गर्नुभएको छ ।


राष्टिय स्वतन्त्र पार्टीका उम्मेदबार लालविक्रम थापाले इनरुवा ९ बबियामा घरदैलौ सुरु गर्नुभएको छ ।

१, उम्मेदबारहरु घरदैलोमा लागेको तस्विर