सुनसरीमा प्रमुख राजनितिक दलहरुमा उम्मेदबारहरुको आकक्षा बढेसगैं चुनावी सगर्मी बढेको हो । जिल्लामा रहेको चार संघीय वा प्रतिनिधि सभा सदस्य र आठ प्रदेश सभा सदस्यका लागि प्रमुख राजनितिक दलहरुमा प्रत्येक क्षेत्रबाट दर्जन बढी आकाक्षी उम्मेदबारहरुको दौडधुप देखिएकाले तुलनात्मक रुवमा यहाँ चुनावी सगर्मी बढेको छ । सत्ता गठबन्धन दलमा आव भएका पाँच रानीतिक दलबाट एउटा मात्रै उम्मेदबार हुने भएकाले उम्मेदबार संख्या कम हुने अवस्था छ भने अर्को तिर उम्मेदबार बन्न लामो समयदेखी योगदान गरेका तर टिकट नपाउने अवस्था आएको खण्डमा स्वतन्त्र वा बागी भएर उठ्नेको जोखिम पनि उतिकै छ ।
यसबीचमा नेपाली काग्रेंसले जनताको साथमा नेपाली काग्रेंस अभियान थालेको छ भने जनता समाजवादी पार्टी मौन जस्तो रहेको र नेकपा माओवादी केन्द्र पर्ख र हेरको अवस्थामा देखिन्छ भने नेकपा एस कम्जोर देखिएकाले उसको चहलपहल कम छ ।
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा पछि प्रतिनिधि सभा र प्रदेश सभामा उम्मेदबार बन्न आकक्षा राख्नेहरु बढेका छन् । नेताहरु जनताको साथमा आफ्नो अवस्था र पार्टीको अवस्थाको बारेमा बुझ्न गाउँपसेसगैं चुनावी सगर्मी थप बढेको स्थानीयहरुले बताएका छन ।
यसैबीचमा नेपाली काग्रेंसबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को (ख) क्षेत्रमा हाजि ईसराईल मंसुरीलाई उम्मेदबार बनाउनुपर्ने पार्टी भित्र दबाब बढेको छ । भने मंसुरी स्वयम पनि राजनीतक र कार्यकर्तासंगको भेटघाटलाई बाक्लो बनाएको छ । स्वास्थ्य सेवामा लामो समयसम्म जागिर जिवन विताउनुभएका मंसुरी दशकदेखी सकृय राजनीतिकदेखी नेता कार्यकर्ता हुदै अहिले पार्टीमा राम्रो पकड बनाएकाले पार्टीबाट सुनसरी निर्वाचन क्षेत्र नम्बर ४ को (ख) क्षेत्रमा उहाँलाई उम्मेदबार बनाउनुपर्ने पार्टी र क्षेत्रीय नेताहरुमा दबाब बढेको छ ।
मंसुरीले सबैलाई समान रुपमा व्यवहार गर्ने राजनीतिककर्मीमा हुनुपर्ने सबै गुणले भरिपूर्ण भएकोले र नेता कार्यकर्ता तथा जनताको भावना बुझने तथा विकास प्रेमी नेता भएकाले यसपालीको मंसिर ४ गते निर्वाचनमा निर्वाचन क्षेत्र नम्बर ४ (ख) मा उम्मेदबार बनाउनुपर्ने दबाब बढाएको स्थानीयलाई उद्त गर्दै युवा पत्रकार नसिम अंसारीले बताउनुभयो ।