नेकपा (एमाले) का केन्द्रीय सदस्य एवं सुनसरी निर्वाचन क्षेत्र नं ४ का उम्मेदवार जगदिश प्रसाद कुसियैतले आफ्नो क्षेत्रमा घरदैलो कार्यक्रम आयोजना गर्दै आफ्नो विकास योजना प्रस्तुत गर्नुभएको छ ।

कुसियैत आफ्नो क्षेत्रलाई समृद्ध बनाउने र स्थानीय उत्पादनलाई प्रवर्धन गर्ने प्रतिबद्धता जनाउनुभयो । यसैबीच कुसियैतको घरदैलो कार्यक्रममा विभिन्न पार्टीका नेताकार्यकर्ताहरु एमाले प्रवेश गरेका छन् ।

सन्तोशी साह, उपेन्द्र साह, अनिता पंडित, मुगालाल यादव, मतैयादेवी साह, विक्रम साह सहितको आठ जना एमाले प्रवेश गरेको पार्टीका इनरुवा ३ वडा सचिब कमल प्रसाद उपाध्यायले जानकारी दिनुभयो ।प्रवेश गर्ने अन्य नेता–कार्यकर्ताहरूमा पार्टी प्रवेशको यो लहरले एमालेलाई उत्साहित बनाएको नेताहरुले बताएका छन् ।