समाचार प्रभावआर्थिक अभावले बिचैमा कक्षा छाड्नुभएको ऋषिदेवलाइ शैक्षिक समग्री र साइकल सहयोग
अनिल श्रेष्ठ। इनरुवा

सुनसरीको इनरुवा नगरपालिका ७ बर्छवाकी १० वर्षीया राजकुमारी ऋषिदेवले आर्थिक अभावका कारण कक्षा ४ मा बिचैमा कक्षा छाड्नुभएकोमा विधालय नियमित रूपमा जान दाताहरुले सहयोग गरेको छ ।

आर्थिक अभावले बिचैमा कक्षा छाड्नुभएको ऋषिदेवलाइ इनरुवा नगरपालिकामा प्रस्तावित उज्यालो यात्रा नेपालको समाजसेवीहरुले स्टेशनरी सहितको
शैक्षिक समग्री र एक थान साइकल सहयोग गरेको हो।

उज्यालो यात्रा नेपालको अगुवाइमा समाजसेवी प्रध्यापक, अधिवक्ता उद्धव काफ्लेको प्रमुख आथित्यतामा स्टेशनरी सहितको
शैक्षिक समग्री र एक थान साइकल सहयोग हस्तान्तरण गरेको थियो। शैक्षिक समग्री र एक थान साइकल सहयोग हस्तान्तरण गरेको थियो।

उज्यालो यात्रा नेपालको अगुवाइमा समाजसेवी दिनेश शिवा, पत्रकार अनिल श्रेष्ठ, जयकृष्ण यादव,रबिन्द्र ठाकुर,कमल उपाध्याय,सागर श्रेष्ठ ,दामोदर खतिवडा ,सोमराज श्रेष्ठ ,बिपिन दाहाल,मनोज सोनि,दिपक क्षेत्री ,अनिल श्रेष्ठ लगायतको उपस्थितिमा हस्तान्तरण गरेको थियो।

यस मिडियामा फागुन १ गते ऋषिदेव बिचमा कक्षा छाड्नुभएको समाचार प्रकासन प्रशारण भएको थियो। त्यो समाचार हेर्नु भएको र पढ्नुभएको सहयोगीकर्ताले स्टेशनरी सहितको
शैक्षिक समग्री र एक थान साइकल सहयोग हस्तान्तरण गरेको हो।
के थियो समाचार?
गरिबी र त्यसमाथि बुवाले आमाले तीन छोरी जन्माएको भन्दै घर छाडेर अर्कीसंग भागेको र घरमा आर्थिकको स्रोत आमा मजदुरी गर्ने र दिदी काम गरेर खुवाउदै आएकोमा दिदीको निधन र आमा विरामी भएकाले कक्षा ४ मा अध्ययन गर्दै आउनुभएकी ऋषिदेव बिचैमा कक्षा छाड्नुभएको समाचार थियो। ऋषिदेव इनरुवा नगरपालिका–५ बलाहामा रहेको शारदा माध्यमिक विद्यालयमा अध्ययनरत्त रहेकोमा पाँच महिनादेखी कक्षा छाड्नुभएको हो ।
आमा अनिता ऋषिदेवलाई बुवा जितेन्द्र ऋषिदेवले पाँच वर्ष अघि कान्छि बैहिनी सोनाली ऋषिदेवको जन्मदिएपछि तीन छोरी भएको र छोरा हुने सम्भावना नभएको भन्दै आमालाईलाई याताना दिदै छाडेर अर्कैैलाई लिएर भोगेको र हालसम्म सम्र्पकमा नआएकोले आफ्नो पढ्ने सपना चकनाचुर भएको बालिका राजकुमारीको गुनासो छ । उहाँले बुवाले छाडेर गएपछि जेठी दिदी १३ वर्षीया रामकुमारीले कमाएर खुवाउदै आएकोमा ६ महिना अघि झुण्एिर निधन भएपछि आफु सहारा विहिन बनेकोले पढाई छाडेको बताउनुभयो । ऋषिदेवले तत्काल छाक टार्ने समस्या भएकाले आर्थिक अभावका कारण कक्षा ४ मा नै बिचैमा कक्षा छाडेको बताउनुभएको छ । उहाँले साईकल, स्टेस्नेरी र पोसाक भए तत्काल आफु स्कूल जान इक्छुक रहेको बताउनुहुदै सहयोगी दाता भए आफु पढ्ने इक्छा व्यक्त गर्नुभएको छ । आर्थिक अभावका कारण कक्षा ४ को बिचैमा कक्षा छाड्नुभएको राजकुमारीको घरमा कान्छि बैहिनी सोनाली र विरामी आमा अनिता ऋषिदेव मात्रै रहनुभएको छ । सुकुम्बासी भएकोले घरबास नभएको कारणले मामाको शरणमा इनरुवा नगरपालिका ७ बर्छवामा रहनुभएको छ ।
