सुनसरीको दुहवी नगरपालिका २ मा रहेको गोकुल किड्स स्कूलको अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न भएको छ । सनिबार Gokul Annual Parents Day & Prize Distribution Ceremony२०८२ सम्पन्न भएको हो । गोकुल स्कूलको अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह विधालयको प्रिन्सिपलका पिता लखन लाल यादवको अध्यक्षता र दुहबी नगरपालिकाका नगर सरकार प्रमुख बेदनारायण गच्छदारको प्रमुख आतिथ्यता तथा पूर्व प्रदेश स्वास्थ्य मन्त्री एवं संविधानसभा सदस्य जयराम यादव र जगदेव यादवको विशिष्ट आतिथ्यमा उत्साहजनक उपस्थितिका साथ कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ ।

कार्यक्रममा वत्ताहरु र अभिभावकले सफलताको शुभकामना विधान्नद यादवलाई दुहवी र शिक्षाको क्षेत्रमा योगदान गरेको भन्दै प्रशंसा गरेका थिए । अथितिहरुले आथित्यताका लागि विधालय परिवार प्रति हार्दिक आभार गरेको थियो । कार्यक्रममा सबै विधार्थीहरु र उनीहरुको अभिभावकहरुको समेत सहभागिता रहेकाले विद्यालय खचाखच भरिएको पत्रकार चन्दन रौनियारले जानकारी दिनुभयो ।

कार्यक्रममा शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्नुहुदै दुहवी नगरपालिकाका प्रमुख बेदनारायण गच्छदारले नगरमा यस विद्यालयले गुणस्तरीय शिक्षा, अत्याधिक तथा संस्कार सहितको शिक्षा र अनुशासन मार्फत् उदाहरणीय काम गरिरहेको बताउनुभयो ।

उहाँले सामुदायिक सहकार्य र अभिभावकको सक्रिय सहभागिताले मात्रै शिक्षाको स्तर उकास्न सकिने धारणा राख्दै नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो । उहाँले विद्यालयमा स्थानीय पाठ्यक्रम र नैतिक शिक्षालाई समेत जोड दिन आग्रह गर्नुभयो ।


कार्यक्रममा उपप्रमुख मुनुका पोखरेल खतिवडा, गढीका पूर्व अध्यक्ष श्रीप्रसाद यादव, उपाध्यक्ष राजकुमारी चौधरी, समाजेसवी अभिभावक सन्तोश रौनीयार सहितको उपस्थिती रहेको थियो । विद्यालय सञ्चालक समितिले विद्यार्थीको समग्र विकासका लागि शैक्षिक उत्कृष्टतासँगै नैतिक शिक्षा, अध्यात्मिक र सीपमूलक गतिविधिमा जोड दिइएको बताएका थिए । विद्यालयलाई अझ व्यवस्थित र प्रविधिमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेको छ ।

निजी विद्यालयहरूले गुणस्तरीय शिक्षा प्रदान गर्दै राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिइरहेको सञ्चालकको भनाई थियो । प्रतिस्पर्धात्मक युगमा दक्ष, अनुशासित र जिम्मेवार नागरिक उत्पादन गर्नु आजको आवश्यकता भएकोले त्यसमा विधालय केन्द्रित भएर २०७१ सालदेखी काम गर्दै आएको छ ।

नगरपालिकाले विद्यालयलाई आवश्यक सहयोग निरन्तर रहने प्रतिबद्धता जनाउँदै शिक्षाको विकास नै समृद्धिको आधार भएको धारणा राखेको थियो । विद्यालयका सञ्चालक विधानन्द यादवले विद्यालयले शैक्षिक उपलब्धि, अतिरिक्त क्रियाकलाप तथा अनुशासनमा उल्लेखनीय सफलता हासिल गरेको जानकारी दिनुभयो ।

उहाँले आगामी दिनमा अझ गुणस्तरीय शिक्षाका लागि नवीन कार्यक्रम ल्याइने बताउनुभयो । कार्यक्रममा विद्यार्थीहरूले आकर्षक गीत, नृत्य तथा विविध सांस्कृतिक प्रस्तुति दिएका थिए । कार्यक्रमको सहजीकरण शिक्षक सन्ध्या मेहताले गर्नुभयो ।