जयकृष्ण यादव । इनरुवा
इनरुवा,चैत १० गते । नेपाल प्रहरी प्रदेश कार्यालय धरानका प्रमुख, प्रहरी बरिष्ठ उपरीक्षक ज्ञानेन्द्र प्रसाद फुयालले सुनसरी जिल्लामा लागु पदार्थ दुव्र्यसन विरुद्धको अभियान प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीमा भएको लागुऔषध दुव्र्यसनविरुद्धको अभियान(फ्यान) जिल्ला कार्य समितिको बैठक छलफल तथा अन्तरकृया कार्यक्रममा प्रहरी बरिष्ठ उपरीक्षक फुयालले अभियान प्रभावकारी बनाउन निर्देशन दिनुभएको हो । उहाँले २०७५ साटबाट सुरु भएको लागुऔषध दुव्र्यसनविरुद्धको अभियानलाई विगतको भन्दा थप प्रभावकारी बनाउन आग्रह गर्नुभयो । उहाँले बनेको कार्यविधिहरु र योजना अनुसारको कार्यक्रम गर्दै बढ्दो लागु औषध दुव्र्यसनलाई न्यनिकरणका लागि कार्यन्वनमा लाग्नुपर्ने बताउनुभयो । उहाँले जिल्ला प्रहरी कार्यालय सुनसरीमा प्रहरी नायव उपरीक्षक(डिएसपी) हुदाँ संस्थापक अभियान संयोजक भएको हिसावले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत लागुऔषध दुव्र्यसनविरुद्धको अभियानलाई थप प्रभावकारी बनाउन जरुरी रहेको बताउनुभयो ।


छलफल कार्यक्रममा उहाँले जिल्लामा आर्थिक वर्ष २०८०।०८१ मा २४१ थान, आर्थिक वर्ष २०८१।०८२ मा ४६० थान र चालु आव २७१ थान लागु औषध सम्बन्धी मुद्धा दर्ता भएको जानकारी दिनुभयो । यसरी बार्षिक गाजाँ १५ हजार केजी, एक केजी ब्राउन सुगर, कोरेक्स, ट्याबलेट सहितको लागुऔषध बरामद भएको अवस्था र कार्वाही तथा मुद्धा चलाउदाँ पनि कम नभएकाले लागुऔषध दुव्र्यसनविरुद्धको अभियानलाई प्रभावकारी बनाउन आवश्यक भएको बताउनुभयो । छलफलमा अभियानका सदस्य अधिकारकर्मी शम्भु अधिकारीले लागुऔषध दुव्र्यसनविरुद्धको अभियान फ्यान जिल्ला कार्य सम्पादन समितिको काम, विद्यालयस्तर र स्थानीय तहसम्मको गतिविधिलाई प्रभावकारी बनाउन कार्यविधि बनेको बताउनुभयो ।
सल्लाहकार तथा पत्रकार जयकृष्ण यादवले लागुऔषध दुव्र्यसनविरुद्धको अभियानलाई प्रभावकारी कार्यान्वयनका लागि अहिले भएको कानुनको पूर्ण रुपमा पालन र कार्वान्वयन गर्दै विधालय आसपास क्षेत्रमा विक्रिवितरणमा रोक, सार्वजनिक ठाउमा सेवनमा रोक र अबैध रुपमा संचालिन रक्सी पसलहरुमा निगरानि तथा स्थानीय तहसहित विद्यालयमा सञ्चालन गरिने फ्यानका कार्यक्रमलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक केशव थेवेले लागुऔषध दुव्र्यसनविरुद्धको अभियानलाई जेन्जी आन्दोलन र निर्वाचनका कारणले तिव्रता दिन नसकेको भएपनि केही कार्यक्रम भएको र बैशाखबाट अझै द्रुत गतिमा अभियानलाई सार्थक बनाउने बताउनुभयो । जिल्ला प्रहरी कार्यालय सुनसरीको योजना कार्यान्वयन गर्न सबैले सकृयता देखाउनुपर्ने सदस्य विमला ढकालले बताउनुभयो । कार्यक्रममा सदस्य रमेश भट्टराई, विमला कार्की, नेहा मण्डल, तोया गिरी, रविन घिमिरे, शम्भु अधिकारी, चन्द्र बराल,उत्तमकुमार सुवेदी, सत्य नारायण मेहता,प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्का सहितको उपस्थिती रहेको थियो । सुनसरीको ७२ सामुदायिक विद्यालयमा लागू औषध दुव्र्यसनविरुद्धको अभियान फ्यान क्लब गठन भएको छ । उक्त कार्यक्रमलाई प्रभावकारी बनाउन स्थानीय तहलाई भूमिकासहित आबद्ध गराउने, मासिक कार्यक्रम गर्ने र विद्यार्थीहरुलाई लागू औषध दुव्र्यसनबाट मुक्त राख्न सचेतनामूलक कार्यक्रम गर्ने लगायतका सवालमा छलफल भएको छ ।
१,जिल्ला प्रहरी कार्यालय सुनसरीमा भएको लागुऔषध दुव्र्यसनविरुद्धको अभियान(फ्यान) जिल्ला कार्य समितिको बैठक छलफल तथा अन्तरकृया कार्यक्रम ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा