हर्सोल्लासका साथ चैती छठ पर्वको अर्घ
जयकृष्ण यादव । इनरुवा
इनरुवा,चैत १० गते । सुनसरी सदरमुकाम इनरुवामा हर्सोल्लासका साथ चैती छठ पर्व मनाईरहेको छ । मंगलबार साँझ अस्ताउदो सूर्यको अर्घ दिएर सूर्य आराधना गरी सदरमुकाम इनरुवा सहित विभिन्न क्षेत्रमा चैती छठ पर्व मनाइएको छ ।

श्रद्धा र निष्ठाका साथ बर्तालु व्रत बसी साँझ अस्ताउँदो सूर्य अर्घ दिएको इनरुवा १ की नेहा मण्डलले जानकारी दिनुभयो । बजार क्षेत्रमा कित्रिम पोखरी बनाएर र जलासय भएको ठाउँ नदी, खोला र पोखरीमा चैती छठ वर्तीहरुले अस्ताउँदो सूर्य अर्घ दिएको मण्डलले जानकारी दिनुभयो ।

बुधबार विहान उदाउँदो सूर्यलाई अर्घ दिदै पूजा गरी यो पर्वलाई हर्षोल्लासका साथ सम्पन्न गर्ने जनाएको छ । चैत महिनामा गरिने हुनाले यसलाई चैती छठ भनिन्छ । चैत शुक्ल पक्ष षष्ठीको दिन छठी माईको पूजाअर्चना गरी पुत्र, पति र परिवारको सुख–शान्तिको कामना गर्ने गरिन्छ । विशेष गरी निसन्तान हुने र छाला रोगीले छठ पूजामाथि बढी अस्था राखेको हुन्छ ।

यस छठ पर्वको अवसरमा पञ्चमी दिनदेखि व्रत बस्ने महिला तथा पुरुषले निष्ठापूर्वक पवित्र जलाशयमा स्नान गरी बेलुकीपख दूध, चामल र सख्खरको खीर पकाई गहुँको सादा पुरी प्रसादका रूपमा आफू खाने र व्रत नबस्ने परिवारका सदस्यलाई पनि खुवाउने चलन छ । यसले गर्दा पारविरिक तथा समाजिक सद्भाव बनि राख्छ । पवित्र मनले छठ पर्व मनाउँदा पारिवादो सूर्यलाई पुनः अघ्र्य दिई पूजा बिसर्जरिक कल्याण, सन्तान सुख तथा मनोकामना पूरा हुने विश्वास गरिन्छ । भोलिपल्ट सप्तमी (पारन) का दिन बिहान उदाउँन गरिन्छ ।

१, सुनसरीको इनरुवमा मंगलबार साँझ अस्ताउदो सूर्यको अर्घ दिएर चैती छठ पर्व मनाउदै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा

