पुराण सकिए लगत्तै बेग्लै बाटाे संचालन थाल्ने डीएन ग्रुपकाे तयारी । इनरूवा ६ झकनझाेराबाट बाटाे चलाइने । मेनगेट झकनझाेरा मूल सडकमा राखिने ।
दुहवी राेड तर्फबाट ग्रीन सिटी प्राेजेक्ट प्रवेश गर्ने बाटाे बनाउने क्रममा डीएन ग्रुपले शारदा माबिकाे नाममा रहेकाे करिब ५ धुर जग्गा ओेगटेकाे थियाे ।
उक्त बिषय यसअघि पनि बिराेधमा आएकाे थियाे । स्कुलले डाेजर चलाएर भत्काएकाे थियाे ।
नेपालकै अग्लाे उचाइकाे झण्डा राख्दै गर्दा उक्त बाटाेकाे बिषय पून: बिवादमा आएसँगै स्कुलले पत्राचार गरी बाटाे बन्द गर्न भनेकाे छ ।
स्कुलकाे पत्राचारसँगेै बेग्लै बाटाे प्रयाेगमा ल्याउने जनाएको डीएन ग्रुपले जग्गा के गर्ने भन्ने विषय बिद्यालयकै अधिनकाे विषय भएकाे भन्दै आफुहरूकाे असहयोग नहुने स्पष्ट पारेकाे छ ।
स्राेतका अनुसार बाटाेमा परेकाे जग्गा निश्चित समय ताेकी भाडामा प्रयाेग गर्न दिए बापत बिद्यालयकाे नाममा १ कट्ठा हाराहारी जग्गा पास गर्ने तयारी भैरहेकाे थियाे ।।