जीवन विज्ञान इनरुवाले गरे रक्तदान कार्यक्रम
जयकृष्ण यादव। इनरुवा
सुनसरीको इनरुवा नगरपालिका ३ मा जीवन विज्ञान इनरुवा नगर परोषदको आयोजनामा रक्तदान कार्यक्रम समपन्न भएको छ। जीवन विज्ञान इनरुवा नगर परिषद, सुनसरीको आयोजनामा श्रीरामनवमीको पावन, पुण्यमय तथा आध्यात्मिका अवसरमा मानव सेवा नै परम धर्म हो भन्ने दिव्य सन्देशलाई आत्मसात गर्दै रक्तदान कार्यक्रम समपन्न भएको हो।

जीवन रक्षा जस्तो महान् पुण्य कर्मको निम्ति रक्तदान कार्यक्रम समपन्न गरको आयोजक संस्थाका नगर संयोजक सबिना सिग्देलले जानकारी दिनु भएकोछ। सिग्देलले भन्नुहुन्छ “मानव सेवा ने परम धर्म हो”। रगत कुनै कारखानामा उत्पादन हुँदैन, पैसाले किनिन्न, प्रविधिले बनाउँदैन – रगत त केवल मानव हृदयबाट मात्र दान हुन्छ। आज यहाँ दान हुने एक थोपा रगत कसैको आमा बाँच्ने आधार बन्न सक्छ, कसैको बुबा घर फर्किने आशा बन्न सक्छ, कसैको सन्तानको भविष्य जोगिन सक्छ। साथीहरू, रक्तदान केवल स्वास्थ्य सेवा होइन, यो मानवता, सहानुभूति र जिम्मेवारीको सर्वोच्च अभिव्यक्ति हो। हामीले आज देखाउने सानो साहसले समाजमा ठूलो आशाको उज्यालो फैलाउनेछ।”

स्थानीयले उल्लेख सहभागी भई मानवताप्रति आफ्नो नैतिक तथा सामाजिक दायित्व पूरा गर्न रक्तदान कार्यक्रम समपन्न भएको थियो। विशाल रक्तदान कार्यक्रम रक्तदान कार्यक्रममा जिवन विग्यानका प्रमुख अथिति जिल्ला सहसंयोजक डिल्लीप्रसाद तिम्सिना, सदस्य रामबाबु पोखरेल, प्रशिक्षकहरू चन्द्रकला पोखरेल, पुनम दाहाल, प्रतिमा कोइराला, रमेश निरौला, समाजसेवी श्याम हरी भट्टराई ,पुर्व प्रहरी एवं समाजसेवी रमेश कार्की सहितको उपस्थिति रहेको थियो।
रक्तदान कार्यक्रममा सुजित ओझा, महेश गुरागाँई सहितकोले “जीवन दान, मानवताको महान अभियान रक्तदान आजको अत्यावश्यक आवश्यकता हो। एक थोपा रगतले कतैको जीदन बच्न सक्छ, र त्यो कर्म नै सााचो उपासना तथा उच्चतम पुण्य हो।”


कार्यक्रम इनरुवा नगरपालिका वडा नं. ३, महेन्द्र चोकमा जीवन विज्ञान नगर परिषद्, इनरुवाले सम्पन्न गरेको हो।
