जयकृष्ण यादव । इनरुवा
इनरुवा,चैत १५ गते । सुनसरीको इनरुवामा हर्सोल्लासका साथ चैते दशैं मनाइएको छ । स्थानीयहरुले घरघरमा बनाएको र केही मन्दिरमा राम,सिता, देवी दुर्गा सहितको कलात्मक मुर्ती पुजापाठ गरे चैत दशैँ मनाइएको हो । बडा दशैं जस्तै चैतमा पनि दशैँ मनाउने भएकोले यसलाई चैते दशैँ भन्दै हर्सोल्लासका साथ चैते दशैं मनाइएको इनरुवा ९ बबियाका फनीलाल यादवले जानकारी दिनुभयो । उहाँले वर्षमा दुई पटक दशैँआउँने भएकोमा आफूहरुले बडादशैँ पछि अर्को सानो अर्थात् चैते दशैँ मनाइएको जानकारी दिनुभयो । चैते दशैँ शरद ऋतुमा मनाइने बडादशैँमा जस्तो बाहिरी उल्लास र चहलपहल चैते दशैँमा नभए पनि दुर्गा भवानीको पूजाआजा गर्ने र खास गरेर अष्टमी तिथिको दिन आफन्तजनसँग बसेरसँगै खानपिन गर्ने र भगवान् राम जन्मेको तिथि रामनवमी विशेष उल्लासका साथ धार्मिक अनुष्ठानमा संलग्न भई यो पर्व मनाइएको र पुजापाठ सकेर आईतबार मुर्ति विर्सजन गरेको यादवले बताउनुभयो ।
चैते दशैँ चैत शुक्ल अष्टमीमा गरी असुर शक्तिमाथि दैवीशक्तिको विजय तथा असत्यमाथि सत्यको विजयका रूपमा लिइने दशैँलाई पर्वको रुपमा हिन्दु धर्मावलम्बीहरूले वर्षमा दुई पटक मनाउने क्रममा यसवर्षपनि चैते दशै हर्सोल्लासका साथ मनाइएको छ । असोजमा मनाइने दशैँलाई बडादशैँका रूपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा मनाइने दशैँलाई चैते दशैँ भनिएको हो । यस पटक चैते दशैँ शुक्रबार परेको र सनिबार पनि पुजापाठ गर्दै मधेसी तथा मैथली समुदायले आईतबार मुर्ती विसर्जन गरेर चैते दशैँलाई सम्पन्न गरेको शिक्षक चन्दन यादवले जानकारी दिनुभयो । चैते दशैँकै दिन मर्यादा पुरुष श्री रामचन्द्र आफ्नो १४ वर्षे वनबास सकाएर अयोध्या फिर्नु भएको अवसरमा मनाइएको भन्ने मान्यता पनि छ ।


१, सुनसरीको इनरुवामा हर्सोल्लासका साथ सम्पन्न भएको चैते दशैंको अवसर बनाइएको मुर्ती विसर्जन गर्दै ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा