वडा स्तरीय क्रिकेटको उपाधी भोक्राहा नरसिंह ७ लाई
जयकृष्ण यादव । इनरुवा
इनरुवा,चैत १५ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सम्पन्न भएको प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी भोक्राहा नरसिंह वडा नम्बर ७ ले हात पारेको छ । भोक्राहा नरसिंह ३ को बंजरंगी क्रिकेट क्लवलाई पराजित गर्दै भोक्राहा नरसिंह ७ ले उपाधी चुमेको हो । सम्पन्न भएको खेलमा उपाधी चुमेको भोक्राहा नरसिंह ७ को टीमले नगद २५ हजार रुपियाँ, सिल्ड, ट्रफी र प्रमाण पत्र हात पारेको छ भने उपविजेता बनेको टिम बजरंगी क्लवले नगद १५ हजार रुपियाँ, सिल्ड, ट्रफी र प्रमाण पत्र प्राप्त गरेको छ । विजेता र उपविजेता टिमलाई गाउँपालिका उपाध्यक्ष सुनितकुमारी उराँव र वडा अध्यक्ष बौवालाल यादवले पुरस्कार प्रदान गर्नुभएको आयोजक संमितिका संयोजक टिकाप्रसाद यादवले जानकारी दिनुभयो ।

१,सुनसरीको भोक्राहा नरसिंह गाउँपालिकामा सम्पन्न भएको प्रथम वडा स्तरीय क्रिकेट प्रतियोगिताको उपाधी चुमेको भोक्राहा नरसिंह वडा नम्बर ७ टिम ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
