इनरुवामा पहिलो ऐतिहासिक जगन्नाथ रथयात्राको तयारी
जयकृष्ण यादव । इनरुवा
इनरुवा,चैत १५ गते । सुनसरी सदरमुकाम इनरुवामा पहिलो पटक ऐतिहासिक श्री जगन्नाथ महोत्सव रथयात्राको तयारी भएको छ । अन्तर्राष्ट्रिय कृष्णभावनामृत सङ्घ इस्कोन इटहरीको आयोजनामा इनरुवामा पहिलो पटक ऐतिहासिक जगन्नाथ रथयात्राको तयारी गरेको हो । पूर्वको विराटनगर र इटहरीमा विगतमा भएको जगन्नाथ रथ यात्रा यसपाली पहिलो पटक अगामि बैशाख १९ गते इनरुवा नगरपालिकामा गर्ने तयारी भएको संयोजक शिव यादवले जानकारी दिनुभयो । यादवका अनुसार सुनसरीका तीन हजार बढी भक्तजनहरुको सहभागितामा बैशाख १९ गते भव्य रुपमा पहिलो ऐतिहासिक जगन्नाथ रथयात्रा निकालिने तयारी भएको छ । भगवान् श्री श्री श्री जगन्नाथ, रथयात्रा इनरुवा १ मा रहेको सत्य नारायण मन्दिरबाट २०८३ बैसाख १९ गते निकालिने र जगन्नाथ रथयात्रा इनरुवा नगर परिक्रमा गरी जेल फिल्डमा समापन गर्ने इस्कोन इटहरीले जनाएको छ । समाजसेवी युवा शिव यादवको अध्यक्षतामा जगन्नाथ रथयात्रा तयारी समिति इनरुवा र सुरेन्द्र मेहताको अध्यक्षतामा प्रचार प्रसार समिति बनाएको जनाएको छ । इनरुवामा भएको पहिलो पटक ऐतिहासिक जगन्नाथ रथयात्राको तयारी बैठक तथा छलफलबाट समितिको उपाध्यक्षमा कैलाश राय, सचिवमा विधानन्द नुन्दी, कोषाध्यक्षमा ममता झा र सहसचिवमा देवनागारण साह रहनुभएको छ । समिति सदस्यमा दिनेश पोखरेल र विष्णुदेव मेहता रहनुभएको छ । सल्लहकारहरुमा सुरेश शर्मा, रामशागर मेहता, रामनारायण साह, सुमित्रा मेहता, विष्णु मेहता रहनुभएको छ ।


१, सुनसरी सदरमुकाम इनरुवामा आयोजना गर्न लागेको पहिलो ऐतिहासिक श्री जगन्नाथ महोत्सव रथयात्राको तयारी बैठकका सहभागीहरु ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
