नेपाल बार एशोसिएशन सुनसरी जिल्ला अदालत बार ईकाईको अध्यक्षमा कटुवाल
जयकृष्ण यादव । इनरुवा
इनरुवा,चैत २१ गते । नेपाल बार एशोसिएशन सुनसरी जिल्ला अदालत बार ईकाईको कार्य समिति अध्यक्षमा बुद्धि बहादुर कटुवाल निर्वाचित हुनुभएको छ । सनिबार बारको मुख्य तीन पदको लागि सम्पन्न भएको मतदानबाट कटुवाल अध्यक्षमा निर्वाचित हुनुभएको हो । लोकतान्त्रिक प्रगितशिल तथा पेशागत कानुन व्यवसायी समूहका तर्फबाट अध्यक्षको उमेदबार बुद्धिबहादुर कटुवालले १५४ मत सहित विजयी हुनुभएको छ भने उहाँको निकट प्रतिद्धन्द्धी स्वतन्त्र समूहका बलेन्द्र मेहताले ५१ मत पाउनुभएको छ ।

बारको उपाध्यक्षमा हेमराज सुवेदी र सचिवमा प्रदिप कुमार काफ्ले विजीय हुनुभएको छ । उपाध्यक्षमा हेमराज सुवेदीले १४३ मत सहित विजयी हुनुभएको छ भने उहाँको निकट प्रतिद्धन्द्धी स्वतन्त्र समूहका राजेन्द्र कुमार लङवाले ७१ मत पाउनुभएको छ । त्यसैगरी सचिवमा प्रदिप कुमार काफ्लेले १५२ मत पाउनुभई विजयी हुनुभएको छ भने उहाँको निकट प्रतिद्धन्द्धी स्वतन्त्र समूहका लक्ष्मण भट्टराईले ६१ मत पाउनुभएको छ । त्यसैगरी अर्का अध्यक्षका उम्मेदबार रामराज चौधरीले पाँच मत मात्रै पाउनुभएको छ । सम्पन्न भएको मतदानमा १८ महिला र दुई सय जना पुरूष गरि २ सय १८ जनाले मतदान गरेका छन् । कुल सदस्यको ७६.४९ प्रतिशत मतदान भएको भएको निर्वाचन समितिले जनाएको छ । सुनसरी बारमा दुई सय ८५ सदस्य रहेको र कार्य समितिमा १३ पद मध्ये १० पदको उमेदवार सर्वसम्मत चयन भईसकेको छ भने अध्यक्ष, उपाध्यक्ष र सचिव पदको लागि मात्र मतदान भएका र मत परिणाम सार्वजनिक गरेको निर्वाचन समितिका संयोजक बीरेन्द्र बहादुर बस्नेतले जानकारी दिनुभयो ।


module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: null;temperature: 43;

module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 32768;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: null;temperature: 44;

module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 32768;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;HdrStatus: auto;albedo: ;confidence: ;motionLevel: 0;weatherinfo: null;temperature: 43;
१, सुनसरीको इनरुवामा नेपाल बार एशोसिएशन सुनसरी जिल्ला अदालत बार ईकाईको कार्य समितिको मुख्य तीन पदको लागि मतदान गर्दै ।


२, निर्वाचित अध्यक्ष बुद्धि बहादुर कटुवाल ।
तस्विर ः जयकृष्ण यादव । इनरुवा
