जयकृष्ण यादव । इनरुवा
इनरुवा,चैत २४ गते । सुनसरीको इनरुवा नगरपालिका १ मा रहेको प्रिसियस एकेडेमीले आफ्नो १७ औं अभिभावक दिवश तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार एकेडमीमा विशेष गरी कक्षागत रुपमा उत्कृष्टहरुलाई सम्मान, पुरस्कार र युकेजी पास गरेकाहरुलाई दिक्षान्त गरेर अभिभावक दिवस वा वार्षिक उत्सव मनाएको हो ।

इनरुवामा छुट्टै पहिचान बोकेको प्रिसियसले हर्षोल्लासका साथ दिवश मनाइएको प्रिन्सिपल ओमप्रकाश यादवले जानकारी दिनुभयो । यस एकेडेमीमा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरू अध्ययरत्त रहेकोमा अभिभावक दिवशमा कक्षा ९ सम्मका विधार्थीहरुलाई सांस्कृतिक कार्यक्रम र पुरस्कार वितरणमा उत्साहपूर्वक भाग लिन लगाएको थियो । यस्ता कार्यक्रमहरूले विद्यार्थीको बहुमुखी प्रतिभा प्रदर्शन गर्ने र अभिभावकहरूसँगको सम्बन्ध मजबुत बनाउने अवसर प्रदान गर्ने भएकाले विद्यालय परिवार, अभिभावक र विधार्थीका बीचमा १७ औं अभिभावक दिवश तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको यादवले बताउनुभयो । उहाँले एकेडमीका मुख्य गतिविधिहरूमा शैक्षिक गुणस्तरका सहित शिशुदेखी कक्षा १२ सम्मको पढाई, पढाईका अतिरिक्त सांस्कृतिक, मौलिक र पौराणिक कला, खेलकुद, विद्यार्थीहरूको प्रतिभा अनुसारको नृत्य, नाटक र सृजनात्मक अतिरिक्त कृयाकलाप सहितको गतिविधिहरू प्रस्तुत गर्दै आएको जानकारी दिनुभयो । त्यसमा उतकृष्टहरुलाई दिवशको अवसरमा पुरस्कार वितरण गरेको जनाएको छ ।

उत्कृष्ट विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक र सह–शैक्षिक उपलब्धिहरूको लागि सम्मानित गरिएको जनाएको छ । कार्यक्रममा अभिभावक सहभागिता सहित अभिभावकहरूले आफ्ना बालबालिकाको प्रतिभा प्रत्यक्ष देख्ने अवसर पाउँनुभएको थियो । यसरी बालप्रतिभाहरुले गर्दा अभिभावकहरु खुसी भएको भोक्राहा नरसिंहका अभिभावक रमेश यादवले बताउनुभयो ।


सम्बोधनका क्रममा कार्यक्रममा प्रिसियस एकेडेमीका प्रिन्सिपल ओमप्रकाश यादवले बालबालिकाको प्रथम पाठशाला घर र शिक्षिका आमा भएकोले बालबालिकाको चौतर्फी विकासको जग अभिभावक भएको बताउनुभयो । यो विद्यालय भावनासंग जोडिएको र कर्ममा अब्बल दर्जाको विद्यालय भएको, जानकारी गराउदै समय र परिस्थिति अनुसार विद्यालयलाई अगाडि बढाउन सक्षम नेतृत्व भएको भन्दै सहयोगी र शुभचिन्तकहरुलाई धन्यवाद दिनुभयो ।

विधार्थीहरुले कला तथा नृत्य प्रस्तुत गरेका थिए कार्यक्रमका विषेश अथितिमा शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख देवेन्द्र बहादुर मल्ल सहित विशिष्ट अतिथिमा सत्यनारायण मेहता, जयकृष्ण यादव, अभिनन्द यादव, स्थानीय समाजसेवी, स्थानीय, अभिभावक, शिक्षाप्रेमी, शुभेच्छुक विधार्थीहरु, विभिन्न सामाजिक ब्यक्तित्वहरूको सक्रिय सहभागिता रहेको थियो । यस एकेडेमीको कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले एक समारोहका विच दुई वर्षअघि नयाँ भवनको उद्घाटन गर्नुभएको थियो ।