बलात्कार आरोपीत नौं वर्षपछि गिरफतार
बालिकालाई बलात्कार गरेको आरोपीत नौं वर्षपछि गिरफतार भएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्र बहादुर खड्काका अनुसार जबरजस्ती करणी मुद्दाको फरार प्रतिवादी जिल्लाको धरान उपमहानगरपालिका वडा नंम्बर ८ का ३७ वर्षीय सानु राई भन्ने विश्वजित चाम्लिङलाई मुद्धा फैसला भएको नौं वर्षपछि गिरफतार गरेको हो । सुनसरी जिल्ला अदालतको मिति २०७३ भदौं १६ गतेको फैसलाले मुद्दा नम्बर २६–०७२–सीआर–०९०१ भएको जबरजस्ती करणी मुद्दामा ११ वर्ष कैद भुक्तान गर्न बाँकी रही फरार रहेको धरान उपमहानगरपालिका वडा नंम्बर ८ का ३७ वर्षीय सानु राई भन्ने विश्वजित चाम्लिङलाई प्रहरीले चैत २६ गते रातीको समयमा गिरफतार गरेको हो । वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले चाम्लिङलाई उहाँको घरबाट गिरफतार गरी आवश्यक कारवाहीको लागि चैत २७ गते सुनसरी जिल्ला अदालतमा पठाइएकोमा सोही दिन कारागार चलान गरिएको श्रेस्तेदार टिकेन्द्रविरजंग राणाले जानकारी दिनुभयो ।
