जयकृष्ण यादव । इनरुवा
इनरुवा, वैशाख ४ गते । नेपाली भाषा, कला, साहित्य र संस्कृति संरक्षणका लागि ध्यानदिनुपर्ने भन्दै साहित्यकारहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ । साहित्यकारहरु समिलित अपन स्वर्ग नेपाल कला संस्कृति केन्द्रिय कार्यालय, सुनसरी इनरुवाले जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्री र कोशी प्रदेशका मुख्यमन्त्रीलाई एकसाथ ज्ञापन पत्र पठाएका हुन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुग्ने गरी प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेलाई संस्थाका अध्यक्ष झोटन मेहता सहितको पदाधिकारीहरूले माग र सुझाव सहितको ज्ञापन पठाएको हो । साहित्य, कला र चलचित्रको नाममा रहेको चलचित्र विकास बोर्ड, नेपाल प्रज्ञा–प्रतिष्ठान र सरकारको स्वमित्वमा रहेका साहित्यका निकायहरुमा प्रतिस्प्रधाबाट प्रमुख, कुलपति, उपकुलपति र सदस्यहरु नियुक्ती गर्नुपर्ने, सबै क्षेत्र र तहमा सबै भाषा, कला र साहित्यको संरक्षणा ध्यान दिनुपर्ने, साहित्यमा पनि नयाँ नेपालको अनुभुती दिलाउन नेपालका सबै भाषा, साहित्य, संस्कृति तथा दर्शनको संरक्षण, सम्वद्र्धन र विकास गर्न कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने, चलचित्र विकास वोर्ड नेपालको चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनको लागि जिम्मेवार सरकारी निकायको रुपमा अनुभुती दिलाउनुपर्ने र चलचित्र क्षेत्रको अनुसन्धान, योजना र विकास, उत्पादन, पुस्तकालय र अभिलेख, चलचित्र महोत्सव र अन्तर्राष्ट्रिय सम्बन्धको नियमनका साथै, व्यावसायिक प्रयोजनका लागि निर्माण भएका चलचित्रको वितरण, प्रदर्शनीको अनुगमन तथा सुपरिवेक्षण प्रभावकारी गर्नुपर्ने लगायतका ६ वुदे माग सहितको ज्ञापन पत्र पठाएका हुन् । ज्ञापन पत्रमा चलचित्र विकास बोर्ड, राष्ट्रिय नाचघरहरुको गतिविधिहरुमा ध्यान दिँदै चलचित्र क्षेत्रको विकास र प्रवद्र्धनमा चासो देखाउनुपर्ने, विभिन्न संघ संस्था, गीत संगीतमा संलग्न रहेका कलाकार, साहित्यकार, रंगकर्मी, मुर्तिकर्मी, चलचित्रकर्मी, कला साहित्यमा सम्पूर्ण योगदान दिएका सिंगो नेपाललाई चिनाउने एकमात्र सुत्र भएकाले सोही अनुसारको काम गर्नुपर्ने सझुाव समेत दिएको छ । ज्ञापन पत्रमा भनिएकोछ ,“हिमालको पानी नवगे तराईमा अन्न फल्दैन । तराईमा अन्न नफले पहाडमा चुलो बल्दैन । हिमालको उचाई नरहे जल हाम्रो जान्छ सुकेर, हामी नेपाली एकभए बस्नु पर्दैन कोहीसँग झुकेर, हाम्रो सांगितीक मूल मान्यता नै यही हो बहुभाषिक साँस्कृक्ति अभियान ।” साहित्य,कला र भाषाको पक्षमा पनि नयाँ सरकारले नयाापन हुने गरी काम गरोस भनेर माग र सुझाव सहितको ज्ञापन पत्र बुझाएको अध्यक्ष मेहताले जानकारी दिनुभयो । ज्ञापन पत्र बुझाउने कार्यक्रममा संस्थाका प्रमुख संरक्षक सल्लाहकार एसएन मेहता, आजिवन सद्स्य टक प्रसाद भेटवाल, मैथली गायक भागवत मणडल, संस्थाका माहासचिब राधा चौधरी, महिला अभियानी जयनारी, अस्मिता पराजुली, सरिलाल चौधरी, शिक्षक एवम् साहित्यकार लिलानाथ सिलवाल, रमेन्द्र कोईराला, जयकृष्ण यादव र शिव पंडित सहितको उपस्थिती रहेको थियो ।


१, साहित्यकारहरु समिलित अपन स्वर्ग नेपाल कला संस्कृति इनरुवाले जिल्ला प्रशासन कार्यालय मार्फत् प्रधानमन्त्री र कोशी प्रदेशका मुख्यमन्त्रीलाई एकसाथ ज्ञापन पत्र बुझाउदै । तस्बिर ः जयकृष्ण यादव। इनरुवा