नमुना विद्यालय बनाउने अभियानमा यादव
सुनसरीको गढी गाउँपालिकाका समाजसेवी शिक्षाप्रेमी तथा नीजि विद्यालय सञ्चालक समेत रहनुभएका विद्यानन्द यादवले गाउँका सामुदायिक विद्यालय सुधार अभियान थाल्नुभएको छ । यादवले गाउँमा नमुना विद्यालय बनाउने अभियानमा लागेर सरोकारबालाहरुसंग संवाद र छलफल गर्नुभएको छ । यादव शनिबार बिहान मात्रै गढी गाउँपालिका वडा नम्बर –२, छप्कीको गोरखानाथ आधारभुत विद्यालयलाई बचाई नमुना विद्यालय बनाउने अभियान अन्तर्गत पहिलो चरणमा शिक्षक र विद्यालय व्यवस्थापन समितिसँग छलफल गर्नुभएको छ । शैक्षिक सुधारका लागि योजना निर्माण गर्ने, सरसफाइ तथा शिक्षकहरूलाई समयानकुल तालिम प्रदान गर्ने कार्यक्रम ल्याएको बताउनुभएको छ । उहाँले “शिक्षा सुधार बिना देश सुधार असम्भव , सबै मिलि गाउँ बनाउ देश आफै बन्छ” सबैको साथ, सहयोग र आशिर्वादले गोरखनाथ विद्यालयमा सुधार अभियानको औपचारिक सुरुवात गरिएको बताउनुभयो । उहाँले फेसबुकमा लेख्नुहुन्छ , “पहिलो चरणमा विद्यालयका मुख्य समस्या पहिचान गरी समाधानका उपायहरू तय गरिएको, सरसफाइ कार्य सम्पन्न गरिएको छ भने भोलिदेखि शिक्षक तालिम सुरु गरिनेछ । कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट अध्ययन–अध्यापन गराउने तयारी गरिएको छ । साथै, यस अभियानलाई अझ प्रभावकारी बनाउन आउने बुधबार बृहत् अभिभावक भेला गर्ने निर्णय गरिएको छ । सबै अभिभावक, सरोकारवाला तथा शुभेच्छुकहरूलाई सक्रिय सहभागिताको लागि हार्दिक अनुरोध । यो अभियान लाई हृदय देखे साथ र नेतृत्व लिनु हुने आदरणीय प्रधानाध्यापक राजकुमार यादव जिउ लाई हृदय देखी धन्यवाद”


यसरी सहासिक र सहयोगी हातहरुले सामुदायिक विद्यालयमा चासो देखाए अवश्यक विद्यालयमा सुधार हुने अभिभावकहरुले बताएका छन् ।
