पचहत्तर केजी ३३० ग्राम गाजाँ बरामद
जयकृष्ण यादव । इनरुवा
इनरुवा, बैशाख ७ गते । सुनसरीको सीमावर्ती कोशी गाउँपालिका २ पश्चिम कुशाहा सरदार टोलबाट पचहत्तर केजी ३३० ग्राम गाजाँ बरामद भएको छ । कोशी गाउँपालिका वडा नम्बर २ सरदार टोलको देवकी सरदारको घरमा लागु औषध गाँजा बरामद भएको हो । सरदारको घरमा गाजाँ कारोबार भईरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको प्रहरी टोलीले चेकजाँच तथा खानतलासी गर्दा पचहत्तर केजी ३३० ग्राम गाजाँ बरामद भएको हो । देवकी सरदरको किरान पसलको कोठामा लुकाई छिपाई राखेको अवस्थामा लागू औषध गाँजा ७५.३३ के.जि. फेला परेको हुँदा लागू औषध सहित जिल्लाको कोशी गाउँपालिका वडा नं.–२ की ७० वर्षीया लक्ष्मी सरदार, ४२ वर्षीया देवकी सरदार र भारतको विहार राज्य, अररिया जिल्ला तिनखम्बा बेलहाका २६ वर्षीय सहवाज आलम र उनले प्रयोग गर्ने बीआर ३८ एजी ०५५९ नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिएको छ । मानिस, गाजाँ र मोटरसाईकल जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याई थप अनुसन्धान गर्ने कार्य भईरहेको प्रहरी नायव उपरीक्षक चन्द्र बहादुर खड्काले जानकारी दिनुभयो ।


१, सुनसरीको सीमावर्ती कोशी गाउँपालिका २ पश्चिम कुशाहा सरदार टोलबाट बरामद भएको पचहत्तर केजी ३३० ग्राम गाजाँ र मोटरसाईकल ।
तस्विर ः
