सामुदायिक विद्यालयमा सुधार अभियान, शिक्षक र समितिलाई तालिम
इनरुवा, बैशाख ७ गते । सुनसरीको गढी गाउँपालिका २ को गोरखनाथ आधारभुत विद्यालयमा शैक्षिक सुधार अभियान सुरु गरेको छ । गाउँका समाजसेवी शिक्षाप्रेमी तथा नीजि विद्यालय सञ्चालक समेत रहनुभएका विद्यानन्द यादवले सामुदायिक विद्यालय सुधार अभियान अन्तरगत श्रमदानमा सरसफाईदेखी शिक्षक र विद्यालय व्यवस्थापन समितिलाई तालिम दिनुभएको छ । यादवले गाउँका सामुदायिक विद्यालयमा पनि गुणस्तरीय शिक्षा र अग्रेंजी माध्यमको पढाई गर्न सक्ने सन्देशका साथ सुधार अभियान थाल्नुभएको हो ।

यादवले गाउँमा नमुना विद्यालय बनाउने अभियान अन्तरगत तालिम दिनुभएको छ । श्रमदानमा प्रशिक्षक बिधान्न्द यादव, समिक्षा बस्नेत र टीका घिमिरे लगायतले शिक्षकहरूलाई समयानकुल तालिम प्रदान गर्नुभएको छ । पहिलो चरणमा कक्षा ३ सम्म अग्र्रेजी माध्यमको पठनपाठन सुरु गर्ने गरी र विधार्थी नियमित पार्ने, कक्षामा विधार्थी सिकाउने, टिकाउने र बजारमा काम गर्नसक्ने बनाउने बारेमा शिक्षकहरूलाई तालिममा प्रशिक्षण दिएको छ । तालिममा छिमेकी विद्यालयका प्रधानाध्यापक ललित यादव, अभियान संयोजक शिशिर यादव, व्यवस्थापन समितिको अध्यक्ष माहन्न्द यादव, प्रधानाध्यापक राजकुमार यादव सहितको सहभागिता रहेको थियो ।

सबैले केही श्रमदान गरेर विद्यालय राम्रो हुने भएपछि उपस्थित भएर सहयोग गरेको स्थानीय अवधनारायण यादवले जानकारी दिनुभयो । तालिममा शिक्षक र विधार्थीहरुलाई किताबी ज्ञानका साथै प्राविधिक सीपले पनि योग्य बनाउने भएकाले सरोकारबालाहरुको भुमिका,संवाद र छलफलको महत्वका बारेमा प्रशिक्षण प्रदान गर्नुभएको थियो । गढी गाउँपालिका वडा नम्बर –२, छप्कीको गोरखानाथ आधारभुत विद्यालयलाई नमुना विद्यालय बनाउने अभियान अन्तर्गत पहिलो चरणमा शिक्षक र विद्यालय व्यवस्थापन समितिसँग छलफल र दोस्रो चरणमा शैक्षिक सुधारका लागि योजना निर्माण गर्ने, शिक्षकलाई तालिम प्रदान गर्ने औपचारिक सुरुवात गरिएको यादवले बताउनुभयो । यस अभियानलाई अझ प्रभावकारी बनाउन बुधबार बृहत् अभिभावक भेला गर्ने निर्णय गरिएको छ ।

१, सुनसरीको गढी गाउँपालिका २ को गोरखनाथ आधारभुत विद्यालयमा शैक्षिक सुधार अभियान अन्तरगत शिक्षक र समितिका सदस्यहरुलाई तालिम दिदै ।
